आइतवार, भदौ १, २०७६

मेस्सी चम्किदा अर्जेन्टिनाको गोल बर्षा, निकारागुआ पराजित

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६



  • एजेन्सी । कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा निकारागुआलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

    लियोनल मेस्सी चम्किएको खेलमा अर्जेन्टिनाले मैत्रीपुर्ण खेलमा गोल बर्षा गरेको हो । अर्जेन्टिनाले निकारागुआलाई ५–१ गोल अन्तरले हराएको हो ।

    कोपा अमेरिकाको तयारी स्वरुप खेलिएको मैत्रीपुर्ण खेलमा लियोनल मेस्सीले दुई गोल गरे । दुई मिनेटको अन्तरमा दुई गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई शानदार सुरुवात दिएका थिए । लुटारो मार्टिनेजले समेत अर्जेन्टिनाका लागि दुई गोल थपे ।

    ३७ औ मिनेटमा पहिलो गोल गरेका मेस्सीले लगत्तै अर्जेन्टिनाको अग्रतालाई दोब्बर बनाएका थिए ।
    ६३ औ मिनेटमा मार्टिनेजले अर्जेन्टिनाकालागि तेस्रो गोल थपे । ७३ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीलाई ४–० को स्थितीमा पु¥याएका थिए ।

    ८१ औ मिनेटमा पेरेयराले अर्जेन्टिनाका लागि पाँचौ गोल गरेका थिए । दोस्रो हाफको ईन्जुरी समयमा निकारागुआका बरेराले एक गोल फर्काउदै हार अन्तर घटाउने काम गरे । कोपा अमेरिका कपको संघारमा अर्जेन्टिनाले मैत्रीपुर्ण म्याच खेलेको हो ।

    अर्जेन्टिनाले कोपा अमेरिकाको समूह चरणमा कोलोम्बिया, पाराग्वे र कतारको सामना गर्नेछ । अर्जेन्टिनाले पहिलो खेल जुन १५ मा कोलोम्बियाविरुद्ध खेल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology