आइतवार, भदौ १, २०७६

भोजन गेडागुडी र हरियोपरियो, भन्छन्– कडा मेहनतपछि मात्र भात खानु राम्रो

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६



  • कलाकार रवीन्द्रसिंह बानियाँको जीवनशैली

    ‘जीवनशैली परिवर्तन भयो तर ४० वर्षअघिकै खाना खाइरहेका छौं ।’
    ‘नेपालीहरू आलु र भात खान्छन् । संसार हाँस्छन् । दुवै भात खाएजस्तै हो ।’

    कलाकार रवीन्द्रसिंह बानियाँको काँधमा डीएसएलआरको झोला छुट्दैन । झोला देख्ने जसले पनि क्यामेरा लिएर हिँडिरहेको होला भन्लान् । तर, झोलामा सन्तुलित आहार भेटिन्छ । झोलामा क्यामेरा होइन, खाना राखेको टिफिन हुन्छ । भन्छन्, ‘डीएसएलआर क्यामेराको झोलामा तीनवटा टिफिन अटाउने हुनाले मैले त्यसो गरेको हुँ । सजिलो पनि लाग्छ ।’
    एउटा टिफिन बक्समा सिस्नोको धूलो, फापर, टुसा आएको गेडागुडीमा मकै, भटमास, केराउ, चना, हरियो साग हुन्छ । अर्कोमा हुन्छ, फलफूल र सलाद, ब्राउन राइस र पानीको बोतल । भन्छन्, ‘चार महिनामा चार किलो घटें ।’
    ०००
    उनले चिनी खान छाडेको चार महिना भयो । भन्छन्, ‘हाम्रो जीवनशैली परिवर्तन भयो तर खाना परिवर्तन भएको छैन ।’
    सहरमा खानाको सन्तुलन नमिलेर धेरै मानिस ग्यास्ट्रिकका रोगी भएका छन् । सहरको चिल्लो र ‘ड्राई’ खानाले स्वास्थ्यमा गडबडी ल्याएको छ । यस मानेमा रवीन्द्र निकै सचेत छन् । भन्छन्, ‘ब्यालेन्स डाइट खान पैसा छैन भन्ने सोच्छौं । तर, होइन । भातको मात्र घटाएर अन्य चिज बढाउनु हो । गेडागुडी अथवा हरियोपरियो बढाउनुस् । शरीरमा त सबै चिज चाहियो नि ।’
    नेपालीमाझ आलुको तरकारी भात लोकप्रिय छ । तर, उनी यसलाई नेपालीले खान नजानेको बताउँछन् । भन्छन्, ‘नेपालीहरू आलु र भात खान्छन् । संसार हाँस्छन् । आलु र भात दुवैमा कार्बोहाइडेड हुन्छ । दुवै भात खाएजस्तै हो ।’
    ०००
    कडा मेहनतपछि भात खानु स्वाभाविक लाग्छ उनलाई । तर, अहिलेका मान्छे भात खाएर दिनभरि कुर्चीमा बस्छन् । कसरतसँगै हिँड्नु पनि कम हुन्छ । भन्छन्, ‘जीवनशैली परिवर्तन भयो तर ४० वर्षअघिकै खाना खाइरहेका छौं ।’
    चार महिना भयो उनी डाइटिङमा छन् । चार घण्टा अन्तरालमा उनी आफ्नो टिफिन खोल्छन् । खान बस्छन् । खाएको चार घण्टामा अनिवार्य खान्छन् । अनि हिँड्दा हिँड्दै सडक किनारका चियाघर तथा सजिलो लाग्ने ठाउँमा बसेर खान्छन् । भन्छन्, ‘हामी बाइक कस्तो हाल्दै छौं भन्ने चासो राख्छौं आफूले के खादै छौं भन्नेमा सचेत हुँदैनौं ।’
    ०००
    पानी बढी पिउनुपर्छ भन्ने सल्लाह डाक्टर बाट पनि पाइन्छ । तर, हामी औषधि खान तयार हुन्छौं, पानी पिउन भने बिर्सिन्छौं । उनी पानीको मात्रा पनि उस्तै मिलाएर खानुपर्ने बताउँछन् । भन्छन्, ‘हामीले साइन्स मिल्ने गरी खानुपर्यो । पानीको मात्रा बढी हुनुपर्यो तर हामी ठोस मात्रै खान्छौं ।’
    झोलामा बोकेका खानेकुरा खाने बेला उनलाई साथीभाइले जिस्क्याउँछन् । नजिकका बुझेकाले ठीक ग¥यो भन्छन् । आफूले पनि गर्न पाए हुन्थ्यो भन्ने महसुस गर्छन् । सबैले त्यसरी हेर्दैनन् । भन्छन्, ‘अरूले के सोच्छन् भन्नेतिर लाग्दिनँ । आफूले गरेको सही हुनुपर्यो ।’
    उनी मासु खाँदैनन् । आफू बौद्ध धर्मावलम्बी रहेको उनी सुनाउँछन् । भन्छन्, ‘मासु खानै पर्छ भन्ने छैन तर चित्त बुझे साथी सर्कलमा खाएझैं गरिन्छ ।’
    चिकन चाउमिन भए चाउमिन खाएर चिकन छोडिदिन्छन् । भन्छन्, ‘साथीहरूको चित्त पनि राख्नुपर्छ ।’
    प्रस्तुति : आरके जी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology