सोमवार, असार २, २०७६

पुलिसलाई प्रधानमन्त्री कपको उपाधि



काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गरी पुलिसले प्रधानमन्त्रीकपको तेस्रो संस्करणमा दोस्रो उपाधि जितेको हो ।

१ सय २६ रनको लक्ष्य पुलिसले ४० दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । ओपनर सुनिल धमलाले ४२ रनको ईनिङ्स खेल्दै टोलीको उपाधि यात्रा तय गरे । अमित श्रेष्ठले ४४ रन बनाउँदै पुलिसको जितको आधार तयार गरेका थिए । कप्तान मञ्जित श्रेष्ठ ११ रनमा नटआउट रहे ।

आर्मीका करन केसीले ३, साहाब आलमले २ तथा सुसन भारीले एक विकेट लिए । यसअघि, पहिले ब्याटिङ्ग गरेको आर्मीले ३३ दशमलव ३ ओभरमा अलआउट हुदै १ सय २५ रन मात्र बनाउन सक्यो । पवन सरार्फ र ललितनारायण राजवंशीले धारिलो बलिङ गर्दै आर्मीको ब्याटिङ लाईन धरासायी बनाएका थिए ।

ओपनर राजु रिजाल र सोमपाल कामीले आर्मीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । त्यसपछि लगातार विकेट पतन सुरु भएपछि आर्मी सस्तैमा समेटिएको थियो ।

राजुले ३२ र सोमपालले ३५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन गतिलो रहेन सकेन । रोहित पौडेल १८ र भिम सार्की २० रन बनाएर आउट भए । तीन ब्याट्सम्यान शुन्य रनमा पोविलियन फर्किदा कप्तान बिनोद भण्डारी १, राजेश पुलामी मगर ३ र हरी चौहान ४ रन बनाएका थिए ।

पुलिसका पवनले ७ ओभरमा ४ मेडल राख्दै १२ रन खर्चेर ४ विकेट लिए । ललितले ९ दशमलव ३ ओभर बलिङ गर्दै १ मेडन सहित ३६ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले १ विकेट हात पारे । प्रतियोगिताको तीनै संस्करणको फाईनल खेलेको आर्मीले उपाधि जित्न भने सकेन । अघिल्लो सिजन आर्मीलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको थियो । पहिलो संस्करणको उपाधि पुलिस र आर्मीले संयुक्त रुपमा बाँडेका थिए ।

उपाधिसंगै पुलिसले २० लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता आर्मीले १० लाख रुपैयाँमा चित्त बुझायो ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology