सोमवार, असार २, २०७६

‘कांग्रेस यो पटक चुनावको प्रतिक्षा नै नगरी गाउँ-गाउँ पुुगेको छ’: प्रवक्ता शर्मा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसल सुरु गरेको एक महिने जागरण अभियान यहि जेठ २५ गते पुरा गएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक महिनाअघि जागरण अभियानलाई पार्टी सुधार गर्ने ‘ट्याब्लेट’ का रूपमा चित्रण गरेका थिए । नेकपाका नेता तथा घनश्याम भूषालले सांसदमै बोल्दै कांग्रेस पराजयको पीडाबाट अझै व्युझन नसकेको प्रतिक्रिया दिएका थिए । कांग्रेसको जागरण अभियान खासै प्रभावकारी नभएको चौतर्फी चर्चा भैरहेका छ । यसै विषयमा नेपाली कांग्रेसका प्रवक्ता शर्मासँग एसकाठमाण्डुले गरेकाे छोटो कुराकानी ।  

समग्रमा नेपाली कांग्रेसकाे एक महिने जागरण अभियान कस्ताे रह्याे ?

पहिलो चरणको कार्यक्रमले नेपाली कांग्रेसलाई उर्जा थपेको छ । अब यसकाे सकारात्मक र नकारात्मक दुबै पक्षकाे समिक्षा गरेर अझ प्रभावकारी ढंगले दाेस्राे चरणकाे कार्यक्रम गर्छाैं ।

पहिलो चरणको कार्यक्रमा के कस्ता कमी कमजोरी भए त्यसको पहिचान गर्दै दोस्रो चरणको कार्यक्रमलाई अझ व्यवस्थित बनाउछौं । पहिलो चरणमा कांग्रेसले गाडी स्टार्ट गरेको छ, दोस्रो चरणले स्टार्ट भएको गाडी हाइवेसम्म ल्याउँछ, तेस्रो चरणको कार्यक्रमसम्म जाँदा गन्तव्यका लागि गति लिन्छ ।

  कांग्रेसको  जागरण अभियान खासै प्रभाकारी भएन भन्ने चर्चा पनि छ नी ?

विराेधीहरुलाई कांग्रेसकाे अभियान प्रभावकारी हाेला भन्ने डर पनि हाेला र विराेध गरिरहेका हाेलान् । त्याे त विराेधीकाे धर्म नै भै हाल्याे । कांग्रेसलाई माया गर्नेहरुले त्यसाे भनेका हुन भने त्याे सकारात्मक कुरा नै भयाे । उहाँहरुले याे भन्दा पनि प्रभावकारी भैदियाेस भनेर त्यासाे भन्नु भएकाे कुराले कांग्रेसलाई उर्जा नै मिल्छ ।

नेपाली कांग्रेसले शुरु गरेको यो पहिलो चरणको कार्यक्रम हो । दास्रो र तस्रो चरणको कार्यक्रम त हुनै बाँकी छ । अब दाेस्राे चरणकाे अभियान भदाैं २४ गतेबाट असाेज ७ सम्म हुन्छ । त्यसैगरी तेस्राे चरणकाे कार्यक्रम पुसकाे ७ गतेबाट शुरु हुन्छ ।  पहिलो चरणको कार्यक्रमा के कस्ता कमी कमजोरी भए त्यसको पहिचान गर्दै दोस्रो चरणको कार्यक्रमलाई अझ व्यवस्थित बनाउछौं । पहिलो चरणमा कांग्रेसले गाडी स्टार्ट गरेको छ, दोस्रो चरणले स्टार्ट भएको गाडी हाइवेसम्म ल्याउँछ, तेस्रो चरणको कार्यक्रमसम्म जाँदा गन्तव्यका लागि गति लिन्छ ।

तपाईहरुको अभियान चुनावमा भोट माग्न भएजस्तो मात्रै भएको हो ?

कांग्रेस यतिवेला जागरण अभियान बाेकेर गाउँ घर र जनताकाे आँगनमा पुगेकाे छ ।  गाउँ-गाउँमा कार्यक्रम भएको छ । कसैलाई चुनावमा भोट माग्न गएजस्तो लागेको भए त्यो पनि राम्रै भयो । राजनीतिक दलहरु, नेताहरु चुनावको वेला मात्रै गाउँ जान्छन् । राजनीतिक दलहरु चुनाका वेला मात्रै गाउँमा अनुहार देखाउँछन् भन्ने आरोप थियो । कम्तिमा कांग्रेस यो पटक चुनावको प्रतिक्षा नै नगरी गाउँ-गाउँ पुुगेको छ । जनताको घर दैलोमा पुगेको छ । यस अर्थमा पनि यो अभियान राम्रो भएको छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology