आइतवार, भदौ १, २०७६

उपाधिका लागी अष्ट्रेलिया र भारत भिड्दै, कसले मार्ला बाजी ?

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६



  • एजेन्सि । इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि लन्डन स्थित ओभल क्रिकेट मैदानमा सुरु हुने छ ।

    केनिङटन ओभलमा मैदान उत्रदा दुवै टोली जित निकाल्दै आफ्नो जितको यात्रा कायम राख्न चाहन्छ । दुवै टिम जित निकाल्दै आफुलाई उपाधि दाबेदार प्रमाणित गर्न चाहन्छ । अघिल्ला दुई खेल जितेको अष्ट्रेलिया लगातार तेस्रो जितको योजनामा हुनेछन् । जसका लागि अष्ट्रेलिया भारतलाई शिकार बनाउन चाहन्छ ।

    अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । र, तालिकाको तेस्रो स्थानमा रहेको छ । अष्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तान र दोस्रोमा वेष्ट इण्डिजलाई हराएको थियो । यता, भारत लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको भारत अष्ट्रेलियालाई पनि स्तब्ध बनाउने योजनामा मैदान उत्रने छ ।

    भारतले १ खेलबाट २ अंक जोडेको छ । तर, अष्ट्रेलियाविरुद्ध मैदान उत्रदा भारत निकै सजग भने हुनेछ । दुई टोलीबीचको पछिल्ला नतिजा अष्ट्रेलियाको पक्षमा रहेको छ । पछिल्लो ५ भेटमा अष्ट्रेलियाले ३ खेल जितेको छ । भारतले २ खेलमा जित निकालेको छ ।

    पछिल्लो तीन खेलमा अष्ट्रेलियालाई भारतले हराउन सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology