आइतवार, भदौ १, २०७६

‘कम्युनिष्टले जिते रुन पनि पाइँदैन भन्दा पत्याएनन्, अहिले सञ्‍चारकर्मी रुन थालिसके’

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६



  • काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले दुईतिहाइको कम्युनिष्ट सरकारको मनपरी र अधिनायकवाद शैलीको कांग्रेसले सशक्त प्रतिकार गर्दै आएको बताएका छन् ।

    आइतवार नेपाली कांग्रेस सुर्खेतले गरेको कार्यकर्ता भेटघाटमा बोल्दै नेता सिंहले ओली सरकारले एकपछि अर्को गर्दै विभिन्‍न विधेयक ल्याएर अधिनायकवाद लाद्‍न खोजेको आरोप समेत लगाए । उनले अधिनायकवादका विरुद्धमा कांग्रेसले संसदमा सशक्त प्रतिकार गरेको दावि गरे । ‘चुनावमा कम्युनिष्टले जिते रुन पनि पाइँदैन, अधिनायकवाद लाद्छन भन्दा कांग्रेसले के के बोलेको भन्थे’, नेता सिंहले भने, ‘आज प्रेसमाथि अंकुश लगाउने मिडिया काउन्सिसल विधेयक ल्याएपछि बल्ल संचार जगतको होस खुलेको छ।’

    सरकारको पक्षमा समाचार नलेखे जेल जानुपर्ने अवस्था आएपछि सञ्चारकर्मी नै रुनु थालिसकेको उनले बताए। कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढताकासाथ उभिने समेत नेता सिंहले बताए । नेता सिंहले इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताए । कांग्रेसले आफूलाई विधि विधान अनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म इतिहासलाई भजाएर आफूतिर जनता तान्‍न नसकिने उल्लेख गरेका छन्।

    कांग्रेस आफू पनि सच्चिनँ तयार रहनुपर्ने बताए। उनले २००७ साल, २०३६ साल, २०४६ सालको इतिहास भजाएर जनताले विश्वास गर्न नसक्ने र त्यसका लागि पार्टीभित्र संस्थागत सुधार गरी विधि विधानबाट चलाएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने उल्लेख गरे।

    उनले जनताबाट प्राप्त सुझाव अनुसार कांग्रेस परिवर्तन हुनुपर्ने जिकिर गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology