सोमवार, असार २, २०७६

अधिनायकवाद उन्मुख सरकारविरुद्ध थप जागरण आवश्यक : देउवा



काठमाडौं । पार्टीको पहिलो चरणको जागरण अभियानले कांग्रेस सभापति शेरबहादुर देउवा उत्साहित देखिएका छन् । कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो । पहिलो चरण पार्टी सदस्यमा नवीन ऊर्जा अभिवृद्धि गर्दै सम्पन्न भएको देउवाले जनाएका छन् ।

‘जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर नेपाली कांग्रेसलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने संकल्प यो घडीमा हाम्रो साझा दायित्व भएको छ’, देउवाले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधिविरुद्ध थप जागरण बढाउँदै एकताबद्ध ढंगले कार्य गर्न म पार्टीका आम साथीहरुमा अपिल गर्दछु । लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गर्दै संघीयताको सफल कार्यान्वयन गर्न गराउन दवावको प्रभावकारी भूमिका कांग्रेसले निर्वाह गर्नु छ ।’ अभियानमार्फत प्राप्त ऊर्जालाई पुँजीकृत गर्दै नेपाली कांग्रेस अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology