सोमवार, असार २, २०७६

विश्वकप क्रिकेट: भारतलेकाेसँग अष्ट्रेलिया ३६ रनले पराजित



एजेन्सी । विश्वकप क्रिकेटमा भारतले विश्वविजेता अष्ट्रेलियालाई पराजित गरको छ ।

लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । ३५३ रनको ठूलो चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा ३१६ रन मात्रै बनाएपछि भारतले जित हात पारेको हो ।

अष्ट्रेलियाका स्टिभ स्मिथ, डेभिड वार्नर र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । स्मिथले ६९ रन जोड्दा वार्नरले ५६ रनको योगदान दिए । एलेक्स ५५ रनमा अविजित रहे ।

यस्तै उस्मान ख्वाजाले ४२, कप्तान आरोन फिन्चले ३६ तथा ग्लेन म्याक्स्वेलले २८ रन बनाए । भारतका जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले ३र३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३५२ रन बनाएको थियो । भारतको यो विश्वकपमा चौंथो सर्वाधिक ठुलो स्कोर हो ।

भारतको उच्च स्कोरमा शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले १०९ बलमा १६ चौकासहित ११७ रन बनाए । यस्तै कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८२ रन जोड्दा शर्माले ५७ रन बनाए ।

हार्दिक पाण्डयाले ४८ रन जोडे । यस्तै महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा २७ रन बनाए  ।अष्ट्रेलियाका मार्कुस स्टोनीसले २ विकेट लिए । यस्तै पाट कुमिन्स, मिचेल स्टार्क र कल्टर नेईलले एक एक विकेट लिए ।

जितसंगै भारतले २ खेलबाट ४ अंक जोडेको छ । र, भारत तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको थियो ।

अष्ट्रेलियाको यो पहिलो हार हो । अष्ट्रेलियाको ३ खेलबाट ४ अंक रहेको छ । अष्ट्रेलिया तालिकाको चौंथो स्थानमा छ । अष्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तान र दोस्रोमा वेष्ट इण्डिजलाई हराएको थियो ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology