सोमवार, असार २, २०७६

नेयमारविनै ब्राजिलले हान्यो ७ गोल !



एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि शानदार जित हात पारेको छ । पोर्टो एलेग्रीमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ७–० को भारी अन्तरले पराजित गरेको हो ।

मुख्य फरवार्ड नेयमार चोटका कारण कोपा अमेरिका गुमाउने भएपनि ब्राजिलले प्रतियोगिता अघि ठुलो अन्तरको नतिजा निकालेको हो । खेलको २९ औ मिनेटमा क्विटो रातो कार्ड खादै मैदान बाहिरिएपछि होन्डुरस १० खेलाडीमा सिमिति बनेको थियो ।

ब्राजिलको जितमा म्यानचेष्टर सिटीका फरवार्ड ग्याब्रियल जिससले २ तथा थिएगो सिल्भा, काउटिन्हो, फिर्मिन्हो, रिचर्डलिसन र नेरस क्याम्पोसले समान १-१ गोल गरे । जिससले छैटौ मिनेटमा ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सिल्भाले १३ औ मिनेटमा अग्रता दोब्बर पारे । काउटिन्होले ३७ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमा ३–० ले अघि बढाए ।

जिससले ४७ औ मिनेटमा व्यक्तिगत रुपमा दोस्रो गोल गरे । क्यापोसले ५६ औ मिनेटमा ब्राजिलका लागि पाँचौ गोल गरे । ६५ औ मिनेटमा फिर्मिन्होले ब्राजिललाई ६–० को स्थितीमा पुर्याएका थिए । रिचर्डलिसनले ७० औ मिनेटमा ब्राजिलका लागि सातौ गोल गरेका थिए ।

ब्राजिल घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिका कपको तयारीमा छ । ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, भेनेजुएला र पेरु रहेका छन् । ब्राजिलले १५ जुनमा बोलिभियासँग खेल्दै कोपा अमेरिका कपको शुरुवात गर्दैछ । होन्डुरस कोन्काकाफ गोल्डकपको तयारीमा छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology