सोमवार, असार २, २०७६

विज्ञापन रद्दको निर्णयले द्वन्द्व निम्त्याउने षड्यन्त्र विफल भएकाे छ: प्रभु साह



काठमाडौं। स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन स्वागतयोग्य रहेको नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बताएका छन् ।

सोमबार बसेको समितिको बैठकले विज्ञापन रोक्न निर्देशन दिएपछि अध्यक्ष साहले भने, समितिको यो कदम स्वागतयोग्य छ । यसका लागि म समितिका सभापतिसहित सदस्यहरुलाई धन्यवाद दिन चाहन्छु । देश ठूलो संकटतर्फ उन्मुख थियो । यो निर्णयले उक्त संकट टारेको छ । ू अध्यक्ष साहले देशमा द्वन्द्व निम्ताउन खोज्ने शक्तिको पराजय भएको बताए । मुलुकले लामो संघर्ष पश्चात उपलब्धिको रुपमा पाएको परिवर्तन उल्ट्याउने किसिमले बदनियतपूर्वक उक्त विज्ञापन प्रकाशन गरिएको जीकिर गर्दै अध्यक्ष साह मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजिएको षडयन्त्र विफल भएको बताए । मुलुकको संविधान र कानुनको वेवास्ता गरी ल्याइएको विज्ञापन रद्द गर्नु नै एक एक मात्र विकल्प रहेको दाबी अध्यक्ष साहको छ ।

लोकसेवा आयोगले जेठ १५ गते देशैभरका स्थानीय तहका लागि ९ हजार १ सय ६१ सिटका लागि विज्ञापन निकालिएको थियो । उक्त विज्ञापन महिला, दलित, मधेशी, थारु, जनजाति, मुस्लिम तथा पिछ्डा वर्गका लागि मौलिक हकको रुपमा संविधानले प्रत्याभूत गरेको समानुपातिक समावेशी ढाँचामा नभएको भन्दै अध्यक्ष साहले जेठ १७ गते प्रेस विज्ञप्ति जारी गरी विज्ञापन रद्द गर्न माग गरेका थिए । उक्त विज्ञापन समावेशी समानुपातिक सिद्धान्त विपरीत रहेको भन्दै अध्यक्ष साहले निरन्तर विरोध गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology