सोमवार, भदौ २, २०७६

लोकसेवाको विज्ञापनविरुद्ध सडकमा उत्रिँदै जनजाति

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६



  • काठमाडौं । लोकसेवा आयोगले खुलाएको विज्ञापन बदर हुनुपर्ने मागसहित आदिवासी जनजातिले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएका छन् । नेपाल आदिवासी जनजाति महासंघको संयोजन तथा जनजातीय संगठनको आह्वानमा सडकमा उत्रिन लागेको महासंघ अध्यक्ष जगतबहादुर बरामले बताए ।

    लोकसेवाले स्थानीय तहका लागि जेठ १५ गते कर्मचारी पदपूर्तिको विज्ञापन गरेको थियो । त्यसमा आरक्षण (सकारात्मक विभेद)को व्यवस्थालाई षड्यन्त्रपूर्ण र बदनियतपूर्वक निस्तेज पार्न उद्दत देखिएको महासंघको निष्कर्ष छ । महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालका अनुसार सोमबार जनजाति आन्दोलनसँग जोडिएका अगुवाको बैठक बसेको थियो । बैठकले सडक आन्दोलनलाई सशक्त निर्णय पारेको उनले बताए । संसदीय समितिले विज्ञापन खारेज गर्न सरकारलाई निर्देशन दिइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology