आइतवार, भदौ १, २०७६

नेपालको बैंकिङ प्रणाली दक्षिण एसियामा सबैभन्दा उत्कृष्ट: अर्थमन्त्री खतिवडा

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६



  • काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले निक्षेप तथा कर्जा सुरक्षा कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्षभित्र यसको कोष १० अर्ब पु¥याउने घोषणा गरेका छन् ।

    मंगलबार काठमाडौंको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्याश गर्दै अर्थमन्त्री खतिवडाले कोषलाई बलियो बनाएर विपन्न वर्गलाई पनि बैंकिङ प्रणालीमा समावेश गराउने बताए । उनले दक्षिण एसियामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दावी समेत गरे । पुँजी र निक्षेपको अनुपात मात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिणी एसियामा सबैभन्दा राम्रो रहेको उनको भनाइ छ।

    नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपालका बैंकलाई ऋण दिन सुरु गरेको उनले बताए । मन्त्री खतिवडाले बैंकिङ प्रणाली राम्रो भएकाले नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना बढेर गएको समेत बताए ।

    उनले निक्षेप बिमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा पनि पनि जोड दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology