सोमवार, असार २, २०७६

प्रीतमको हाईहाई, इटहरी नगरको बाल सद्भावना दूत



इटहरी । इटहरी उपमहानगरपालिकाले बाल गायक प्रीतम आचार्यलाई बाल सद्भावना दूत घोषणा गरेको छ । मंगलबार आयोजित कार्यक्रममा कार्यवाहक मेयर लक्ष्मी गौतमले दूत घोषणा गरिएको पत्र प्रदान गरिन् । प्रमुख प्रशासकीय अधिकृत केशव विमली र वडाध्यक्ष दीपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरे ।

कार्यवाहक मेयर गौतमले ‘इटहरीको छोरो’ प्रीतमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद ज्ञापन गरिन् । इटहरी उपमहानगरले प्रीतमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको उने बताइन् ।

प्रीतमले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुर्याएको सपोर्ट र मायाप्रति धन्यवाद दिए । भारतमा प्रतियोगितामा भाग लिन जानुअघि उनलाई मेयर द्वारिकलाल चौधरीले नेपाली झन्डा प्रदान र उपमेयर गौतमले नेपाली टोपी लगाइदिएर बिदाइ गरेका थिए । उनी भारतीय टेलिभिजन जीटीभीको चर्चित रियालिटी सो सारेगम लिल च्याम्समा तेस्रो भएर सोमबार इटहरी फर्किएका हुन् । उनले दूत घोषणा कार्यक्रममा ‘देशले रगत मागे मलाई बलि चढाऊ’ बोलको गीत गाएका थिए ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology