आइतवार, भदौ १, २०७६

कानुनी व्यवस्था अनुसार नै विज्ञापन गरिएको हो, रद्द हुँदैन- मन्त्री पण्डित

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६



  • काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन पूर्णरुपमा कानुनसम्मत रहेको दाबी गरेका छन् ।

    मन्त्री पण्डितले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवाले प्रकाशित गरेको विज्ञापन मन्त्रालयले तत्काल रोक्ने सम्भावना नरहेको पनि बताए । संवैधानिक, कानुनी र लोक सेवा आयोग ऐन, तथा त्यसको मूल्य र मान्यताको आधारमा खुलाइएको सो विज्ञापन खारेज वा रद्द गर्नुपर्ने कुनै कारण नरहेको मन्त्री पण्डितको दाबी छ।

    मंगलबार काठमाडौंमा सञ्चार केन्द्र नेपालद्वारा आयोजित छलफलमा बोल्दै मन्त्री पण्डितले विज्ञापन रद्द गर्न राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्देशनको अन्तिम व्याख्या अदालतले गर्ने प्रष्ट पारेका छन् । मन्त्री पण्डितले निर्देशनको बारेमा आयोग र समितिमा तत्काल कुनै पत्राचार नगर्ने भन्दै संवैधानिक संकट देखिए यसको छिनोफानो अदालतले गर्ने बताए । उनले भने, ‘अदालतले दिएको निर्देशन मन्त्रालयले पालाना गर्छ ।’ उनले

    लोक सेवा आयोगका पदाधिकारीले समितिको बैठकमै आएर सो विज्ञापन खुलाउने निर्णय संवैधानिक र कानुनी व्यवस्था अनुसार नै भएको उल्लेख गरे पनि समितिले सो कुराको सुनुवाइ समेत नगरेको मन्त्री पण्डितको स्पष्टिकरण छ। मन्त्री पण्डितले आफू समितिको बैठकमा सो सम्बन्धमा छलफल गर्न जाँदा समितिले यस अघि नै सो सम्बन्धमा निर्णय गरिएको भनेपछि आफूले सो निर्णय दुर्भाग्यपूर्ण भएको जवाफ दिएको पनि स्मरण गराए।

    पण्डितले संविधान, कर्मचारी समायोजन ऐन र स्थानीय तहले गरेको संगठन तथा व्यवस्थापन सर्वेषण (ओएण्डएम) अनुसार लोकसेवाले विज्ञापन निकालेको उनले बताए । उनले मन्त्रीको कुरै नसुनी राज्य व्यवस्थाले निर्देशन तयार गरेको प्रसंग जोड्दै भने, ‘त्यो निर्णय ठीक छ, छैन उसैले जवाफ दिनेछ ।’ मन्त्री पण्डिले भने, ‘आफ्नो निर्णय उ आफैंले पुष्टि गर्छ ।’

    मन्त्री पण्डितले प्रदेश लोक सेवा आयोग गठन भइनसकेको बेला स्थानीय तहको माग अनुसार संघीय लोक सेवा आयोगले कर्मचारी छनोटका लागि विज्ञापन खुलाउन सक्ने प्रावधान संविधान र कानुनीनै रहेको पनि पटक-पटक दोहोर्‍याए।

    सरकारी तथ्यांक अनुसार सोमबार (हिजो) अपरान्हसम्म सो विज्ञापनका लागि ८० हजार १ सय ४१ जनाले फारम भरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology