आइतवार, भदौ १, २०७६

सगरमाथा नचढी चढेको दाबी

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६



  • काठमाडौं । पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झूटो विवरण पेस गरेको फेला परेको छ ।
    पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार काठमाडौंमा रहेको प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएकामध्ये ९ जनाले जेठ १२ गते सगरमाथा आरोहण गरेको दाबी गर्दै प्रतिवेदन बुझाएका थिए । विभागमा उजुरी परेपछि उनीहरूमाथि छानबिन गर्दा सगरमाथा आरोहण नगरेको प्रमाण भेटिएको उनले बताइन् । ‘आरोहणको प्रमाणपत्र माग गर्दै आएको प्रतिवेदनमा उनीहरूले सगरमाथा आरोहण गरेको दाबी गरे पनि प्रमाण जुटाउन सकेनन्,’ आचार्यले भनिन् ।
    झूटो विवरण पेस गर्ने विदेशी आरोहीमा यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुश छन् । पर्यटन विभागले हरेक आरोहण दलसँग सम्पर्क अधिकृत पनि खटाउने गरेको छ । यी आरोहीका लागि विश्वबन्धु रेग्मीलाई सम्पर्क अधिकृत खटाइएको थियो । तर, रेग्मी आधार शिविरमा एक दिनमात्रै बसेर काठमाडौं फर्किएका थिए । उनले स्वास्थ्यमा समस्या आइपरेकाले आधार शिविरमा बस्न नसकेको बताए । चार विदेशी र ५ नेपाली शेर्पाले सगरमाथा आरोहण गरेको प्रतिवेदन रेग्मीले भृकुटीमण्डपस्थित विभागमा बुझाएका थिए । कान्तिपुरमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology