सोमवार, असार २, २०७६

लागुऔषध कारोबारी पक्रन पोखराको उत्तम चोकमा गोली चल्यो



पोखरा । पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । पोखरा महानगरपालिका–१० को उत्तम चोकमा गोली हानेर प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।

उत्तम चोकमा रहेको एक क्याफेमा लगभग १२३० बजे ग१३प ८२२८ नम्बरको मोटरसाइलमा पुगेका कारोबारीलाई प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरुले प्रतिकार गरेपछि गोली चलाउनु परेको बताइएको छ।

प्रहरीको गोली लागि पोखरा १० का गोविन्द थापा घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ। उनलाई हाल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामघाट लगिएको छ।

थापासँगै रहेका अर्को एकजना भने भाग्न सफल भएका छन्। प्रहरीले उनको खोजी भइरहेको बताएको छ। सो घटनामा एकजना प्रहरी पनि घाइते भएका छन्।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology