आइतवार, भदौ १, २०७६

लोकसेवा विज्ञापन रद्दकाविरुद्ध परीक्षार्थी फेरि सडकमा

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६



  • काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्देशनकोविरुद्ध युवाहरुले बुधबार (आज) पनि प्रर्दशन गरेका छन् ।

    उनीहरुले आज बिहानैदेखि राजधानीको माइतीघर मण्डलामा जम्मा भएर संसदको राज्य व्यवस्था समितिविरुद्ध नाराबाजी गरेका हुन्। लोकसेवाको परीक्षा तयारीमा आएका हजारौँ विद्यार्थी राज्य व्यवस्था समितिको निर्देशनपछि निराश भएका छन्।

    समितिले स्थानीय तहमा भर्नाका लागि खोलिएको लोकसेवा संविधान अनुसार समावेशी नभएको दाबी गरेको थियो । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने अघि बढेको प्रक्रिया रद्द नहुने बताएका छन्। युवाहरुको आन्दोलनमा साथ दिन बुधबार साझा पार्टीका अध्यक्ष रवीनद्र मिश्र पनि माइतीघर पुगेका छन्।

    उनले त्यहाँ पुगेर सम्बोधन गर्दै आफ्नो र देशका लागि लडिरहन आग्रह गरे। मिश्रले यो आन्दोलनमा सबैले होस्टेमा हैँसे गरेर अघि बढ्ने प्रतिवद्धता पनि जनाए।

    स्थानीय तहमा भर्ना गर्न ९ हजार १ सय ६६ जना कर्मचारीका लागि जेठ १५ गते लोक सेवाले खोलेको विज्ञापन संसदको राज्य व्यवस्था समितिले रद्द गर्न निर्देशन दिएसँगै परीक्षार्थी आन्दोलित भएका हुन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology