सोमवार, असार २, २०७६

काउन्सिल विधेयक र गुठी विधेयक ल्याउँदा तयारी पुगेन, परिमार्जन गरिन्छ- प्रचण्ड



चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया काउन्सिल विधेयक र गुठी विधेयक परिमार्जन हुने बताएका छन् ।

बुधबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘मिडिया काउन्सिल विधेयकलाई पनि आवश्यक परिमार्जन गरेर अगाडि लैजानु पर्छ भन्ने छ । गुठी विधेयकमा पनि बहस चलेको छ । त्यसलाई पनि परिमार्जन गर्नुपर्छ ।’

चितवन क्षेत्र नम्बर तीनबाट निर्वाचित सासंद पनि रहेका नेता प्रचण्डले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको पनि स्वीकार गरे । उनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न विधेयक ल्याउँदा आवश्यक तयारी नगरेकोले विवादित भएको बताए । ‘सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नगरेको देखियो। सरकारले पार्टी र सरोकारवालासँग राम्रो छलफल गरेको देखिएन’, उनले भने, ‘गृहकार्य गरेर नल्याउँदा विवाद भएको हो । मिडिया काउन्सिल विधेयक पनि परिमार्जन गरेर लैजानुपर्छ।’

विधेयक ल्याउन सरकारले नजानेको हो वा जनताले नबुझेको हो भन्ने पत्रकारहरुको प्रश्नमा प्रचण्डको जवाफ थियो ‘जत्ति गृहकार्य भएर चीजहरु आउनुपर्ने थियो त्यसमा केही कमी रहेको देखियो । सरकार र पार्टी यसमा सतर्क भएको छ । र आउने दिनमा पर्याप्त गृहकार्य गरेर सहमति गरेरै विधेयक ल्याउने तर्फ लाग्ने छौं ।’

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology