सोमवार, असार २, २०७६

विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध कप्तान आरोनको अर्धशतक



एजेन्सी । अष्ट्रेलियाका कप्तान आरोन फिन्चले जारी एकदिवसीय विश्वकप क्रिकेटमा दोस्रो अर्धशतक पूरा गरेका छन् । उनले जारी खेलमा पाकिस्तानविरुद्ध अर्धशतक पूरा गर्दै विश्वकपमा आफ्नो दोस्रो अर्धशतक पूरा गरेका हुन् ।

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा टस हारेर ब्याटिङ गरिरहेको अष्ट्रेलियाका लागि कप्तान आरोनले ६३ बलमा अर्धशतक पूरा गरेका हुन् । कन्ट्री ग्राउण्डमा वार्नरसँग कप्तान आरोन फिन्चले अष्ट्रेलियाको इनिङ्स सम्हालिरहेका छन् ।

यसअघि उनले अफगानिस्तानविरद्धो खेलमा पहिलो अर्धशतक बनाएका थिए । अहिले दुई उपाधि दाबेदार राष्ट्र अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ । काउन्टी ग्राउण्डमा मैदान उत्रदा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका हुन् । दुवै टिम जित निकाल्दै शीर्ष चारको होडलाई कायम राख्न चाहन्छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology