मङ्लबार, भदौ ३१, २०७६

‘काठमाडौंमा आन्दोलनको हुरी चल्दै छ, बेलैमा ध्यान दिइयोस्’

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६



  • काठमाडौं । प्रतिनिधिसभाको बिहिबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले धर्म संस्कृति विरोधी भएकाले गुठी विधेयक फिर्ता लिन माग गरेको छ ।

    सभामुख कृष्णबहादुर महराले बैठकको कारवाही शुरु गर्नुहुने बित्तिकै काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले उठेर विरोध जनाएका थिए । सभामुख महराले सांसद भीमसेनदास प्रधानलाई बोल्ने समय दिएपछि प्रधानले सो विधेयक फिर्ता लिन माग गरे ।

    सांसद प्रधानले प्रधानमन्त्री केपी शर्मा ओली विश्व श्रम सङ्गठन (आइएलओ) को सम्मेलनमा हालै भाग लिनुभएको उल्लेख गर्दै सन् १९९१ मा सङ्गठनको सम्मेलनले आदिवासी जनजातिको धर्म संस्कृतिका लागि गुठीको संरक्षण गरिनुपर्ने व्यवस्था पारित गरेको स्मरण गराउँदै गुठी विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् ।

    ‘काठमाडौँको भाषा, धर्म, संस्कृति र सम्पदाले विश्वमा चिनाएको तर अहिले सरकारले त्यसैमाथि धावा बोलेको छ, सरोकार भएकासँग छलफल नगरी गुठी विधेयक ल्याइएको छ ।’ उनले भने, ‘विधेयकबारे शान्तिपूर्ण प्रदर्शन गर्नेमाथि गरिएको दमनमा संलग्नलाई कानूनी कारवाही होस्, काठमाडौँवासी आन्दोलनमा उत्रिएपछि कसैले रोक्न सक्दैन, सरकार ढल्ने चिन्ता होइन सङ्घीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्न सक्छ ।’

    विसं २०६२/ ६३ को आन्दोलनको एजेण्डा राजा फाल्ने नभए पनि काठमाडौँका जनता उठेपछि फालिएको बताउँदै सांसद प्रधानले बेलैमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । ‘काठमाडौंमा आन्दोलनको हुरी चल्दै छ। बादल गर्जिँदै छ। बेलैमा ध्यान दिइयोस्। सरोकारवालासँग संस्कृतिविद्सँग छलफल गरेर ल्याइयोस्,’उनले भने।

    पृथ्वीनारायण शाहले उपत्यकामाथि विजयी गरे पनि यहाँको संस्कृतिमाथि धावा नबोलेकाले २४० वर्षसम्म शाह राजाको शासन सम्भव भएको उनले बताए ।

    गुठी विधेयक संशोधन गर्ने सरकारको निर्णयको विरोधमा कांग्रेसले सदनमा लगातार आवाज उठाइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology