सोमवार, असार २, २०७६

मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु



बझाङ । बझाङमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य नरेश भनेर चिनिने नरबहादुर महरको मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा मृत्यु भएको हो ।

बिहीबार बिहान मोटरसाइकल सिक्ने क्रममा घाइते भएका महरको उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । वडा नम्बर ७ को से १ ब ११७७ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक सुर्यबहादुर केसीले बताए ।

मृतक महरले विना हेलमेट मोटरसाइकल चलाएको प्रहरीको भनाइ छ । ‘मृतक महरको टाउकोमा गम्भीर चोट लागेका कारण मृत्यु भएको जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology