बिहिबार, असार १२, २०७६

आइएलओको १०८ औं सभापति ढकालद्वारा सम्बोधन



काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठनको १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघ रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले बिहिबार स्वीजरल्याण्डको जेनेभामा संवोधन गरेका छन् ।

संगडनको अधिवेशन यही जेष्ठ २७ गतेदेखि संचालन भएको हो । अन्तर्राष्ट्रिय श्रम संगठन स्थापनाको सय वर्ष पुगेको अवसरमा श्रम अधिवेशनलाई संवोधन गर्ने अवसर प्राप्त भएकोमा प्रसत्रता व्यक्त गर्दै सभापति ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनले श्रम क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएकोमा बधाई ज्ञापन गरे ।

सभापति ढकालले प्रविधिको विकास, जलवायू परिवर्तन तथा भुमण्डलीकरणले आर्थिक रूपान्तरण तथा श्रम बजारमा भइरहेको परिवर्तनबाट आउने चुनौतिको सामना गर्न मानव संसाधनको विकासमा जोड दिनुपर्ने विषयमा ग्लोवल कमिशनद्वारा प्रस्तुत कामको भविष्य सम्बन्धि प्रतिवेदनले जोड दिएको प्रसङ्ग उल्लेख गर्दै बढ्दो असमानता घटाउन र सामाजिक न्यायको प्रवद्र्धनको लागि सबै पक्ष एकजूट भएर काम गर्नुपर्ने धारण व्यक्त गरे ।

सभापति ढकालले श्रम संगठनको अधिवेशनबाट कामको भविष्य विषयमा पारित हुने शतवार्षिकी घोषणा कामको भविष्य सम्बन्धि चुनौतीको सामना गर्न कोशेढुङ्गा सावित हुने बताए । उनले नेपालको निजी क्षेत्रले संवाद र सहकार्यको माध्यमबाट दीगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न सकिने समेत बताए । सामाजिक संवादको माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको सभापति ढकालको भनाइ छ ।

उनले कामको भविष्य, व्यवसायको भविष्यस“ग गासिएको उल्लेख गर्दै यस बस्तु तथ्यलाई ध्यानमा राखी गरिने हाम्रा प्रयास, व्यवसायिक नीति नियममा गरिने सुधार महत्वपूर्ण हुने बताए । नेपालमा अहिले बहुमत प्राप्त सरकारको गठनस“गै मुलुकमा जारी रहेको कानून र नीतिगत सुधारबाट नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीहरूलाई आग्रह गर्नुभयो । नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठुलो सम्भावना भएका क्षेत्र भएको उल्लेख गर्दै सभापति ढकालले नेपालमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आग्रह गरे ।

सम्माननीय प्रधानमन्त्रीज्यूले उद्घोष गर्नुभएको समृद्ध नेपाल सुखी नेपालीको स्मरण गर्दै दीगो व्यवसायको माध्यमबाट प्राप्त प्रतिफललाई सबै तह र तप्कामा पु¥याउन सकियो भने प्रधानमन्त्रीज्यूले अपेक्षा गर्नु भएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्न सम्भव हुने बिचार सभापति ढकालले व्यक्त गरे ।

सम्मेलनमा सरकार, रोजगारदाता र ट्रेड यूनियनको सहभागिता रहेको छ । सम्मेलन असार ६ गतेसम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology