मङ्लबार, भदौ ३१, २०७६

लोकसेवाको विज्ञापन रद्दबारे मन्त्री बाँस्काेटाले भने-‘प्रधानमन्त्रीलाई आउन दिनुस् ’

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६



  • काठमाडौं । स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिले दिएको निर्देशनबारे सरकारको धारणा अस्पष्ट देखिएको छ ।

    नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुले यस विषयमा सरकारको धारणा के हो भनि सोधेका थिए । यो प्रश्नमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोलुक बास्कोटाले यसको जवाफमा ‘निक्कै कठिन प्रश्न भएको बताए ।

    संविधान, कर्मचारी समाजयोजनसम्बन्धी कानुन र प्रदेश लोकसभा नबन्दासम्म कर्मचारी पदपूर्तिसम्बन्धी संवैधानिक व्यवस्था प्रष्ट रहेको भन्दै उनले भने, मलाई लाग्छ निर्देशन दिने माननीयज्यूहरुले यो हेरेर दिनु भएको होला ।’

    यो प्रश्न मन्त्रालयका प्रवक्तातिर सार्दै प्रवक्ता बास्कोटाले भने, ‘प्रधानमन्त्रीलाई पनि आउन दिनुस् ।’

    यद्यपि सरकारले कानुन वा संविधानको भावना मिचेर गरे जस्तो नलागेको उनले बताए । मन्त्री बास्कोटाले यसमा सरकारको पोजिसन आफ्नो मुखबाट नबकाउन समेत आग्रह गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology