बिहिबार, असार १२, २०७६

अन्तर्राष्ट्रिय फिल्म फेष्टिबल माघमा, स्क्रिप्ट राइटिङ वर्कसप पनि हुँदै



काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलचित्र कलाकार संघका नव निर्वाचित पदाधिकारीलाई बधाइ प्रदान गरेको छ । साथै यसै कार्यक्रममा निफले आफ्नो अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलको तेस्रो संस्करण आउदो २०२० फेब्रुअरी १३ देखि १७ सम्म काठमाडौंमा हुने प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छ । सो फेस्टिबलमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीहरुले यही आउदो २०१९ जुन १५ देखि अक्टेबार ३० सम्म सहभागिताका लगि आवेदन दिन सकिने बताएको छ ।

विश्वको कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिबलमा यो वर्ष एनिमेशन र बृत्तचित्रको विधा पनि थपेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय फिचर र डकुमेन्ट्री फिल्मसँगै यो वर्षबाट एनिमेटेड र डकुमेन्ट्री फिल्मलाई पनि समेटेका छन् । उत्कृष्ट एनिमेटिड चलचित्रलाई ७ सय ५० अमेरिकी डलर राशीको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ ।

अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तरगत फिचर फिल्मलाई १५ सय अमेरिकी डलर गौतम बुद्ध अवार्ड,बृत्तचित्रलाई १ हजार डलर राशीको माउण्ट एभरेष्ट अवार्ड, सर्बोत्कृष्ट एनिमेडेट चलचित्रलाई ७ सय ५० डलर मञ्जुश्री अवार्ड, सर्बोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर सहित बागमाती अवार्ड दिने छ ।

नेपाली फिचर फिल्मलाई १ लाख, सर्ट फिल्मलाई ५० हजार, उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी तथा उत्कृष्ट निर्देशक, लेखक छायाकार अभिनेता र अभिनेत्रीलाई ट्रफी दिने छ ।

साथै आउदो अगष्ट २१ देखि २७ सम्म स्क्रिप्ट राइटिङ वर्कसप पनि सञ्चालन गर्ने तयारीमा रहेको छ । साठी जना सम्म सहभागि हुने कार्यशालामा स्वदेशी तथा विदेशी फिल्म लेखकहरुकाे प्रशिक्षण हुनेछ । निफले सहभागी प्रशिक्षार्थीबाट लिखित उत्कृष्ट एक स्क्रीप्टमा लघु चलचित्र निर्माणका लागि १ लाख प्रदान गर्ने छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology