मङ्लबार, भदौ ३१, २०७६

प्रधानमन्त्री विदेश जाँदा नेपालमा काण्डै काण्ड, कर्मको फल की षड्यन्त्र ?

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विदेश पुगेका बेला नेपालमा एउटा न एउटा काण्ड मच्चिएकै हुन्छ । अघिल्ला भ्रमणमा नेकपाभित्रैबाट काण्ड मच्चिदै आएको थियो भने यसपटक सरकारी निकायबाट काण्ड मच्चिएको छ । प्रधानमन्त्री ओली युरोप भ्रमणमा रहेका बेला र सडक आन्दोलन तात्तिएका बेला सार्वजनिक सवारी साधनको भाडा बृद्धि गरियो ।

    सार्वजनिक सवारी साधनमा एक्कासी भाडा बढाएपछि सरकारको चौतर्फी आलोचना मात्र भएन प्रधानमन्त्री ओलीले युरोपबाट टेलिफोन गरी भाडाबृद्धि गर्ने निर्णय तत्काल स्थगित गर्न निर्देशन समेत दिनुपरयो ।

    प्रधानमन्त्रीको निर्देशनपछि भाडा बृद्धिको निर्णय पाँच घण्टापछि सच्चिएको छ । गुठी विधेयक र लोकसेवाको बिज्ञापनलाई लिएर सडक आन्दोलन चलिरहेका बेला भाडा बृद्धिको निर्णय भएको थियो । सरकारमाथी आन्दोलन गर्ने थप हतियार सरकारबाट तयार भएपछि प्रधानमन्त्री ओलीले युरोपबाट निर्देशन दिन बाध्य भएका थिए ।

    युरोप भ्रमणभन्दा पहिले प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भारत पुगेका थिए । उनी भारत पुगेका बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता आलोपालोको कुरा उठाएर प्रधानमन्त्री ओलीलाई अप्ठेरो पारेका थिए ।

    प्रधानमन्त्री विदेश पुगेका बेला उनी केही समयका लागि मात्र प्रधानमन्त्री हुने अभिब्यक्तिले नेपालको अस्थिर राजनीतिक चरित्र अन्तराष्टिय बजारमा छताछुल्ला भएको थियो । प्रधानमन्त्री ओलीले पनि आफु विदेशमा भएका बेला यस्ता काण्डहरु मच्चिने गरेको स्वीकार पनि गरेका छन् ।

    त्यसअघि प्रधानमन्त्री ओली विदेश भ्रमणमा भेनेजुयला काण्ड मच्चिएको थियो । प्रचण्डले एक बिज्ञप्ती निकाली अमेरिकामाथी कडा टिप्पनी गरेका थिए । जसको सामना पनि ओलीले नै गर्नु परेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology