सोमवार, असार २, २०७६

रामेछापकाे भष्मेडाँडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते



काठमाडौं । स्वास्थ्यकर्मीलगायतका यात्रु चढेको बस रामेछापमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १५ जना घाइते छन् ।

कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार राति रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको ज्यान गएको रामेछापका डीएसपी सन्तोषकुमार भट्टराईले पुष्टि गरे ।

उनीहरुको धुलीखेलस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । डीएसपी भट्टराईका अनुसार, दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरु सबैको अहिले धुलीखेलस्थित अस्पतालमा उपचार भइरहेको छ ।

बसमा स्वास्थ्य शिविर सञ्चालनका लागि आएका चिकित्सकको टोली चढेको बताइए पनि को–को घाइते छन् भन्ने नखुलेको डीएसपी भट्टराईले जानकारी दिए ।

‘बसमा औषधिसहितको स्वास्थ्यकर्मी चढेको पाइएको छ । तर, को–को चढ्नु भएको थियो भन्ने अहिलेसम्म खुलेको छैन, यसबारे हामी खोजखबर गरिरहेका छौं ’, डीएसपी भट्टराईले अनलाइनखबरसँग भने ।

चिकित्सकको टोली भोलि र पर्सि हुने स्वास्थ्य शिविरमा सहभागी हुन त्यसतर्फ गएका थिए । बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, बसका चालक र सहचालक बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको डीएसपी भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology