बिहिबार, असार १२, २०७६

दैनिक प्रहरी कार्यालयमा हाजिरी लगाउने सर्तमा छुटे प्रनेश गौतम



काठमाडौं । युट्बमा ठट्यौली शैलीमा गरेको फिल्म समीक्षा गरेको आरोपमा पक्राउ परेका युट्युवर प्रनेश गौतम रिहा भएका छन् । नेपाल प्रहरीको अपराध महाशाखाका प्रमुख सहकुल थापाले गौतमलाई हाजिरी जमानीमा रिहा भएको बताए ।

‘फिल्म वीरविक्रम २ का निर्देशकको उजुरीपछि पक्राउ परेका पनेश गौतमलाई हामीले रिहा गरी हाजिरी जमानीमा छाडेका छौं’, अपराध महाशाखा प्रमुख थापाले भने ।

प्रहरीको हिरासतबाट छुटेपनि उनी दैनिक हाजिरी लगाउन प्रहरी कार्यालयमा धाउनु पर्र्नेछ । फिल्म वीरविक्रम २ को हास्याँस्पद समिक्षा गरेपछि गौतमबिरुद्ध उजुरी परेको थियो । फिल्मका निर्देशक मिलन चाम्सले उजुरी दिएका थिए ।

चाम्सले आफ्नो फिल्म वीरविक्रम–२ को समीक्षा बिगारेर गौतमले मेमे नेपाल नामक युट्युब च्यानलमा प्रकाशित गरेको आरोप लगाएर उजुरी दिएको बताइएको छ । विशुद्ध फिल्म समीक्षालाई लिएर नियन्त्रणमा लिइएको भन्दै यतिबेला प्रहरी कदमको आलोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology