बिहिबार, असार १२, २०७६

पुल निर्माणमा पप्पुले त्रुटि गरेको भन्दै कारवाही गर्न संसदीय समितिको निर्देशन



काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माण ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको समिति बैठकले पुलको काम अघि नबढाउन निर्देशन दिँदा–दिँदै पनि पप्पुले अटेर गरी काम अघि बढाएको भन्दै कारवाही गर्न निर्देशन दिएको हो । समितिले यही जेठ २ गते पुलको स्थलगत अवलोकन तथा अनुगमन गरेको थियो। काम अघि नबढाउन निर्देशन दिँदादिँदै पनि अटेर गरी निर्माण अघि बढाएको निष्कर्ष निकाल्दै कारबाही गर्न भनेको हो।

समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा ८६ मिटर लामो बागमती पुलका पाइल तोकिएको भन्दा कम लम्बाइका रहेका र केही पाइल भाँचिन लागेका लेखिएको छ। निर्माण पूरा हुने समयको एक वर्ष पूरा भइसक्दा पनि निर्माण नभएको, उक्त पुलको डिजाइन २०७३ मा पास भएको बमोजिम नरहेको पाइएको छ।

पुलका पाइल पाइल २९.५ मिटर गहिराइसम्म हुनुपर्नेमा १६.५ मिटरसम्म मात्रै राखिएको प्रतिवेदनमा लेखिएको छ। त्यसमा पनि क्र्याक आएको समितिले पाएको छ। समितिले पप्पु कन्सट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। त्यसैगरी योजना पूर्वतयारीको काम सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउनुपर्ने, काम अगाडि नबढाउने निर्देशन दिँदादिँदै पनि काम अगाडि बढाउने लाई कारबाही गर्नुपर्ने, निरन्तर अनुगमन र निरीक्षण गर्नुपर्ने लगायतका निर्देशन पनि दिइएको छ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology