मङ्लबार, भदौ ३१, २०७६

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६



  • काठमाडाै‌ँ ।  प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

    बैठकमा सभामुख कृष्णबहादुर महराले राख्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा (माओवादी) को तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित, पूर्वशिक्षामन्त्री एवं हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धनिराम पौडेलको ५३ वर्षको उमेरमा आज बिहान चितवन माडीमा असामयिक निधन भएको थियो ।

    आजको बैठकका लागि निर्धारित विनियोजन विधेयक, २०७६ को जारी छलफलअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल आगामी असार ३ गते हुने सभामुख महराले जानकारी दिए ।

    प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते बिहान ११ बजे बस्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology