बिहिबार, असार १२, २०७६

नेपाल फिफा वरियतामा खस्कियो



काठमाडौं । फिफाको नयाँ वरियतामा नेपाल चार स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले जुनका लागि जारी शुक्रबार जारी गरको वरियतामा नेपाल १ सय ६५ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६१ औं स्थानमा थियो ।

नेपालले हालै दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपनि नेपालको वरियता खस्किएको हो । नेपालले दुई साताअघि मलेसिया र चाईनिज ताईपेसंग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले फिफा वरियतामा आफूभन्दा तलको मलेसियासंग २-० को हार व्यहोरेको थियो । यस्तै नेपालले आफूभन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेसँग १-१ गोलको बराबरी खेलेको थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ औं स्थानमा र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल रहेको बंगलादेश १ सय ८३ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय १ र पाकिस्तान २ सय ३ औं स्थानमा रहेको छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, ईङ्ल्याण्ड चौंथो, पोर्चुगल पाँचौ स्थानमा रहेका छन् ।

छैटौ स्थानमा क्रोएसिया, सातौंमा स्पेन, आठौंमा उरुग्वे, नवौंमा स्विजरल्याण्ड र दशौं स्थानमा डेनमार्क रहेका छन् ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology