बिहिबार, भदौ ५, २०७६

गुठीलाई चलाएर नेपाली संस्कृति र धर्ममाथिको प्रहार मलाई सह्य छैन -पूर्वराजा ज्ञानेन्द्र शाह

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ३२, २०७६



  • काठमाडौँ । गुठी विधयेकले राजधानी काठमाडौंमा तरंग पैदा गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन् । केही समयदेखि बैंककको थाइल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले गुठीभित्रको धर्म सस्कृतिलाई नस्ट गरी धार्मिक संस्कार नस्ट नगर्न चेतावनी दिएका छन् ।

    थाइल्याण्डमा रहेका नेपालीहरुसँगको भेटमा पूर्वराजाले गुठीका बिषयमा गम्भिर भएर सोच्न सरकारलाई आग्रह गरेका छन् । गुठीका बिषयमा गहिरो चिन्ता राख्दै उनले धर्म संस्कृतिमाथी प्रहार भएको बताएका छन् ।

    पूर्वराजाले मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाज र तिनीहरुसँग जोडिएका संस्थाहरु सामाजिक सौहार्दता र राष्ट्रिय एकताका दरिलो बनाउने आधार भएको भन्दै गुठी बिधेयक सच्याउन आग्रह गरेका छन् । मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाजमा खल्वल्याउने काम नगर्न कम्यूनिष्ट सरकारलाई उनले आग्रह गरेका छन् । संवेदनशील विषयमा आवश्यक सुधार र परिमार्जन गर्दा राज्यले सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने बताए ।

    केही दिनअघि सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले गुठी परम्परा सामन्तवादको अवशेष भएको बताएका थिए । मन्त्री बास्कोटालाई जवाफ दिँदै पूर्वराजाले संस्कारमाथीको प्रहार सह्य नहुँने चेतावनी दिएका छनु । ८० भन्दा बढी गुठीहरुले संयुक्त संघर्ष समिति गठन गरी विगत ६ दिनदेखि राजधानीमा विरोध प्रदर्शन गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology