शुक्रबार, साउन ३, २०७६

यो सरकार जनता रुवाउन होइन हसाँउन बनेको हो, गुठी विधेयक सचिन्छ – प्रधानमन्त्री

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६



  • काठमाडौं । साताब्यापी युरोप भ्रमण सकेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी बिधेयक सच्याउने प्रतिबद्धता जनाएका छन् । गुठी बिद्येयकलाई लिएर राजधानी काठमाडौंका गुठीयारहरु आन्दोलित भइरहेका बेला प्रधानमन्त्री ओलीले विधेयक सच्याउने बताएका छन् ।

    ‘बिधेयकले धर्म संस्कृतिमा प्रतिकूल असर पारेको छ भने तत्काल सच्याइन्छ । केही कुरा जानेर वा नजानेर धर्म संस्कृतिमा असर पार्ने हाम्रो नियत होइन’ युरोप भ्रमण सकेर आइतवार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा भने ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हसाउन हो । कही कतै नमिलेको रहेछ वा भुलबश भएको हो ।’ यसैलाई मौका नबनाउन र मौका नठान्न उनले आग्रह गरे ।

    दुई दिनअघि कार्यबहाक प्रधानमन्त्री इश्वर पोखरेलले पनि गुठी बिधेयक सच्याउने बताएका थिए । पोखरेलकै लयमा प्रधानमन्त्री ओलीले पनि गुठी बिधेयक सच्याउने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology