शुक्रबार, साउन ३, २०७६

यहाँ प्रधानमन्त्रीका अरिंगालहरु मात्र सुरक्षित छन–कांग्रेस नेता गगन थापा

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६



  • काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले वर्तमान सरकारबाट कुनैपनि क्षेत्र र ब्यक्ति सुरक्षित नभएको टिप्पनी गरेका छन् । प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै नेता थापाले सञ्चार जगत, गुठीयार, चलचित्रकर्मी कोही पनि सुरक्षित नभएको टिप्पनी गरेका छन् ।

    ‘सभामुख महोदय, वर्तमान सरकारमा यहाँ कोही सुरक्षित छैनन, एउटा फिल्मको समिक्षा गरेकै कारण प्रनेश जेलमा छन्, गुठीको अधिकार मागेकै आधारमा उनीमाथी लात, पानीको फोहरा प्रहार भएका छन्’ थापाले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अरिंगालभन्दा अरु कोही पनि सुरक्षित छैनन् । यतिसम्मकी पार्टीभित्र ओलीविरुद्ध फरक मत राख्नेहरु पनि सुरक्षित मैले देखेको छैन ।’

    प्रधानमन्त्री ओलीले युरोप भ्रमणका बेला स्वतन्त्रताका बहालत गरेको तर नेपालमा प्रनेश जेल गएको बताए । बोल्न र लेख्न पाउने अधिकार कुण्ठित गर्दै प्रनेशलाई जेल हालिएको थापाले बताए । ‘सरकारले भनिरहेको छ–म जे भन्छु त्यो सुन ? म जे देखाउँछु त्यो हेर, म जे भन्छु त्यही गर । के यही हो स्वतन्त्रता ?’ थापाले संसदमा प्रश्न गरे ।

    सरकारले मिडिया बिधेयकबाट स्वतन्त्रताको हरण गर्न खोजेको थापाले बताए । ‘प्रधानमन्त्रीले पानी जहाज ल्याउँछु भन्ने तर ल्याउन नसकेपछि कागजको पानी जहाज बनाउनेहरु अब जेल जानु पर्नेछ । समावेशीताको कुरा उठाउनेहरु अब जेल जानुपर्नेछ । यहाँ कोही सुरक्षित छैन, केवल प्रधानमन्त्रीका अरिंगालहरु मात्र सुरक्षित छन्’ थापाले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology