शुक्रबार, साउन ३, २०७६

नेकपा सचेतक चौधरीको प्रश्न- गरीबका आँशु देखेर कांग्रेसलाई अलिकति दया लाग्दैन ?

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६



  • काठमाडौं । नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले भूमिहीन किसानको पक्षमा ल्याइएको गुठी विधेयकको अपव्याख्या गरिएको बताएकी छन् । विधेयकले कतैपनि धार्मिक आस्थामाथि हस्तक्षेप नगरेको सचेतक चौधरीको दावि छ ।

    संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकमा सचेतक चौधरीले प्रश्न गरिन्, ‘चर्को गरी बोल्नेका विषय मात्रै भावनात्मक हुन्छन्रु गरिबका विषय भावनात्मक हुँदैनन् ? गरिबका पक्षमा बोल्नै नहुने ? त्यसो भए गणतन्त्र किन चाहियो ? हलो जोत्नेका विषयमा भावनात्मक हुँदैनन् ?’ भगवानका नाममा मान्छेलाई रुवाउन नहुने चौधरीको भनाइ थियो।

    सांसद चौधरीले काठमाडौं उपत्यकाभित्र र बाहिरका गुठीको समस्या छुट्टाछुट्टै भएको बताइन् । ‘म दाङको सांसद हुँ, दाङमा स्वर्गद्वारी गुठीको १२ सय बिघा जमिन १६ सय घरधुरीले प्रयोग गरिरहेका छन् । स्वर्गद्वारी मन्दिरलाई संरक्षण गर्ने मोही किसानको समस्या यति नाजुक छ, उनीहरूको बारेमा कोही किन बौल्दैन ?,’ उनले प्रश्न गरिन् ।

    उनले गरीब किसानको पक्षमा बोल्न प्रतिपक्षीलाई सुझाव दिइन् । संसदमा भावुक हुँदै शान्ताले भनिन्, ‘मान्छेलाई रुवाएर हाँस्ने भगवान् कहाँ हुन्छ ? गरीबका आँशु देखेर प्रतिपक्षलाई अलिकति पनि दया लागेन ?’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology