मङ्लबार, भदौ ३१, २०७६

लोक सेवा विवाद: राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय विरुद्ध सर्वोच्चमा रिट

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६



  • काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोक सेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्देशन विरुद्ध सर्वोच्च अदालतका रिट निवेदन दर्ता भएको छ ।

    आईतबार अधिवक्ता राजाराम धिमिरेले सर्वोच्चमा रिट निवेदन दर्ता गर्दै समितिको निर्देशन खारेजको माग गरेका हुन् । रिट निवेदनमा प्रतिनिधी सभा, राज्य व्यवस्था समिति, संसद सचिवालय, सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोगलाई विपक्षी बनाइएको छ ।

    ‘लोकसेवा आयोगले गरेको खुला प्रतिस्पर्धाको विज्ञापनलाई रद्द गरी संविधान तथा कानूनले दिँदै नदिएको अधिकार प्रयोग गरी करारमा कर्मचारी पदपूर्ति गर्नु भन्ने विधायिकी अंगको निर्देशनले सीधै दलिय कार्यकर्तालाई सार्वजनिक प्रशासनमा भर्ना गर्न खोजिएको स्पष्ट भएको छ,’ रिट निवेदनमा भनिएको छ, ‘संविधान ऐनले नदिएको अधिकार प्रयोग गरी अनधिकृत तबरबाट करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिनु लज्जाको विषय हो ।’

    संविधानमा संघ, प्रदेश र स्थानीय तहमा करारमा कर्मचारी भर्ना गर्ने व्यवस्था नभएको भन्दै रिट निवेदनमा कानूनमा हुँदै नभएको व्यवस्था गर्न खोजिएको दावी गरिएको छ ।यस्तै संसदको राज्य व्यवस्था तथा सुशासन समितीले कानूनले दिदै नदिएको अधिकार समितिले प्रयोग गर्न खोजेको भन्दै निवेदनमा निर्देशन बदरको माग गरिएको छ ।

    आयोगले गत जेठ १५ गते पाँच सय १५ स्थानीय तहका लागी विभिन्न श्रेणीमा ९ हजार १६१ जना कर्मचारीको भर्नाका लागि विज्ञापन प्रकाशित गरेको थियो । तर, जेठ २७ गते बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितीले समावेशी पद्धती नअपनाएको भन्दै विज्ञापन रद्द गर्न सरकार र लोक सेवा आयोगलाई निर्देशन दिएको थियो ।

    यस्तै, समितिले  स्थायी पदपूर्ती भर्ना नभएसम्म करारमा कर्मचारी भर्ना गर्न पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology