मङ्लबार, भदौ ३१, २०७६

आलटाल गर्नु हुँदैन्, फागुन वा चैतमा पार्टी महाधिवेशन गर्नुपर्छ- रामचन्द्र पौडेल

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६



  • चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आईतबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा वरिष्ठ नेता पौडेलले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याए ।

    पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढङ्गबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिँदै नेता पौडेलले भने, “अस्ति हामीले सभापतिलाई भेटेर भन्यौ, अब महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ तर कामको छाँटकाट भने छैन ।”

    पार्टीको मुहानको रुपमा रहेको नेपाल विद्यार्थी सङ्घको महाधिवेशन नगरेर भङ्ग गर्ने काम गरिएकोमा उनले रोष प्रकट गरे । पार्टीको जागरण अभियान प्रचारात्मक भए पनि सङ्गठनात्मक रुपमा केही हुन नसकेको उल्लेख गर्दै नेता पौडेलले अघि भने, “जागरण अभियान प्रचारात्मक भयो, कार्यकर्ता चलायमान भए तर सङ्गठानात्मक रुपमा केही पनि भएन ।”

    फरक प्रसङ्गमा गुठी विधेयक सरोकारवालासँग छलफल नगरी ल्याइएकाले यसले संस्कृति तथा परम्परालाई असर पु¥याउँछ भन्दै उनले सरकारले एकपछि अर्को गर्दै गल्ती गरिरहेको आरोप लगाए । नेता पौडेलले अघि थपे, “सरकारलाई गलत कार्यबाट रोक्ने काम हाम्रो हो, जनताको विरोध हुँदा हुँदै आएका विधेयक काङ्ग्रेसले पारित हुनदिदैन ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology