शुक्रबार, साउन ३, २०७६

कर्णाली प्रदेशमा छोरी जन्मे लगतै अब बैंक खाताः ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६



  • सुर्खेत । कर्णाली प्रदेश सरकारले छोरी जन्मेलगतै बैंक खाता खोलिदिने योजना ल्याएको छ । ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ नारा दिँदै कर्णाली प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।

    आइतवार सार्वजनिक गरिएको कर्णाली प्रदेशको बजेटमा छोरी जन्मेलगनै एक हजार रुपैयाँमा खाता खोलिदिने र प्रत्येक महिना ५ सय रुपैया जम्मा गरिदिने योजना ल्याएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताएका छन् ।

    जीवनभर छोरीको सुरक्षा गर्न कर्णाली प्रदेशमा यस्तो कार्यक्रम ल्याइएको छ । कर्णालीमा छोरीभन्दा छोरालाई बढी प्राथमिकता दिने गरिन्छ । छोरीलार्य सबल बनाउन प्रदेश सरकारले यस्तो योजना ल्याएको हो ।

    छोरी–बुहारी छात्रबृद्धि कार्यक्रम पनि सार्वजनिक गरिएको छ । आगमी बर्ष २०७६/०७७ को कार्यक्रममा छोरी र बुहारीलाई अध्यापनका लागि छात्रबृद्धि दिने घोषणा गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology