शुक्रबार, साउन ३, २०७६

काठमाडौंबाट ८२ जना पाकेटमार पक्राउ

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६



  • काठमाडौं । प्रहरीले सार्वजनिक बसमा चोर्न पल्केका८२ जना पाकेटमारलाई पक्राउ गरेको छ । उनिहरुले सांकेतिक भाषा प्रयोग गरी यात्रुहरूलाई लुट्ने गरेको पाइएको छ ।

    काठमाडौं प्रहरी परिसर, टेकुले आइतवार ८२ जना पाकेटमारलाई सार्वजनिक गर्दै उनीहरूले कोड ल्याङ्ग्वेज प्रयोग गर्ने गरेको जनाएको हो । प्रहरीका अनुसार पाकेटमारले पैसालाई ‘द’ मोबाइललाई ‘कान’ पाकेटमार पीडितलाई ‘रामे’ पाकेटमारको नाइकेलाई ‘काशी’ जस्ता सांकेतिक भाषा प्रयोग गर्ने गरेका छन् ।

    काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार सार्वजनिक सवारी साधानमा पाकेटमारी र चोरीका घटना बढेको सूचनाको आधारमा जेठ महिनाभर चलाइएको अपरेशनका क्रममा उनीहरुलाई समातिएको थियो ।

    चोर समात्न यातायात व्यवसायीको सहकार्यमा सादा पोशाकको प्रहरी खटाइएको थियो । पक्राउ परेका मध्ये अधिकांश बस तथा माइक्रो बसमा यात्रुको पकेट तथा झोलामा रहेका नगद, माबाइल र गरगहना चोर्दै गर्दा समातिएका थिए ।

    पक्राउ परेकामाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology