शुक्रबार, साउन ३, २०७६

नेपाली लिग च्याम्पियन मनाङ बङ्गलादेश प्रस्थान

  • प्रकाशित मिति : सोमवार, असार २, २०७६



  • काठमाडौं । एएफसी कप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं खेल खेल्न नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ ।

    यही असार ४ गते बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने खेलमा नेपाली लिग च्याम्पियन मनाङले बङ्गालदेशको लिग च्याम्पियन अबहानी लिमिटेडसँग जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछ ।

    यसअघि गत अप्रिलमा नेपालमा नै भएको खेलमा मनाङ अबहानीसँग १–० गोलअन्तरले पराजित भएको थियो । घरेलु मैदानमा पराजित भएको लिग च्याम्पियन मनाङलाई उसैको मैदानमा हराउने सुनौलो अवसर समेत हुनेछ ।

    समूह ‘ई’ मा रहेको मनाङले यसअघि खेलेको चार खेलमा दुईमा बराबरी तथा दुई खेलमा पराजित भएको थियो । दुई अङ्क जोडेको नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ । यता अबहानी भने चार खेलबाट सात अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

    समान सात अङ्क नै जोडेको भारतको चेन्नायिन गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । त्यस्तैँ मिर्नेर्भा पन्जाव चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology