शुक्रबार, साउन ३, २०७६

त्रिवि सेवा आयाेगमा २९ दिनदेखि धर्ना बसिरहेका अखिल (क्रान्तिकारी)माथि प्रहरी दमन

  • प्रकाशित मिति : सोमवार, असार २, २०७६



  • काठमाडौँ । त्रिवि सेवा आयोगको गेटमा २९ दिनदेखि निरन्तर रिने अनसन र धर्ना बस्दै आएको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी) लाई आज प्रहरीले धरपकड गरेको छ ।

    अनुसार उनीहरुलाई आज असार २ गते बजे प्रहरीले धरपकड, लाठी चार्ज र दुव्र्यवहार गर्दै कालिमाटी प्रहरी चौकि लगिएकाे संगठनका केन्द्रीय सचिव महेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्य सुरेश श्रेष्ठसहित संगठनका अध्यक्ष, महासचिव, सचिवलगायत १६ जनालाई पहरीले पक्राउ गरेको छ ।

    आज मात्रै विहान ७ः ३० बजे उक्त विद्यार्थी संगठनले भ्रष्ट पदाधिकारीहरुलाई कार्यलयमा प्रवेश निषेध गर्न भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको थिए।

    आयोगले परिक्षामा घोटला गरेको भन्दै त्यसले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै रिले अनसन सुरु गरेका थिए । क्रान्तिकारीका विद्यार्थीहरू जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनशन जारी राखेपछि प्रहरीले धरपकड गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology