शुक्रबार, साउन ३, २०७६

नेकपाका प्रतिनिधिले प्रमलाई भने: गुठी विधेयक फिर्ता नलिए थेगिनसक्नुको आन्दोलन हुन्छ

  • प्रकाशित मिति : सोमवार, असार २, २०७६



  • काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि सत्तारुढ नेकपाका जनप्रतिनिधिसँग छलफल शुरु गरेका छन् । छलफलमा जुटेका प्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । नभए असार ४ गते थेगिनसक्नुको आन्दोलन हुने चेतावनी दिएका छन् ।

    छलफलमा सहभागी नेकपाका सांसद रामवीर मानन्धरले छलफलमा अधिकांशले विधेयक फिर्ता लिन सुझाएको बताए । उनले भने ‘माननीयदेखि वडाध्यक्षसम्म सबैले विधेयक फिर्ता हुनुपर्छ । नभए थेगिनसक्नुको आन्दोलन हुन्छ भनेका छौं’

    जवाफमा प्रधानमन्त्री ओलीले भने मन्त्रिपरिषद्मा छलफल गर्ने आश्वासन दिएका छन् । विधेयकमा कुनै कमजोरी रहेछ भने संशोधनमार्फत हल गर्न सकिने भएपनि जनप्रतिनिधिहरुको सुझावबारे मन्त्रिपरिषद्मा छलफल गर्ने उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology