शुक्रबार, साउन ३, २०७६

अपर तामाकोशी सञ्चालक समितिमा कानुन विपरित धमाधम उम्मेद्धारी

  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६



  • काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीमा निजी क्षेत्रका लगानीकर्ताहरुले आँखा लगाएका छन् । कम्पनीको असार ११ गते हुने ११ औं साधारण सभामा सञ्चालक बन्नका लागि निजी क्षेत्रका हाइड्रोपावर सञ्चालकहरु चोसो देखाएका छन् ।

    साधारण सभाका लागि मंगलबार उम्मेद्वार दर्ता भएको छ भने बुधबार साँझ अन्तिम नामावली प्रकाशित हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार १३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वार बन्नेहरु मध्ये अधिकाँश ऋण लगानीकर्ता कम्पनीका कर्मचारी, पूर्वकर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी र निजी क्षेत्रका जलविद्युत कम्पनीका सञ्चालकहरु समेत रहेका छन् ।

    सञ्चालक बन्ने आकाक्षा राख्नेहरुमा सेवा हाइड्रो लिमिटेडका सञ्चालक सुशिल पोखरेल पनि छन् । कम्पनी ऐन २०६३ को दफा १ (छ) मा समान प्रकृतिको कुनै पनि कम्पनीमा दोहोरो सञ्चालक बन्ने नपाउने व्यवस्था हुँदा हुँदै उनले उम्मेद्वारी दर्ता गराएका छन् । पोखरेल विद्युतीय सामाग्री व्यापार गर्ने कम्पनी सुस्मित इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत, सुस्मित इनर्जी कम्पनीको अध्यक्ष र म्याग्दी हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक छन् ।

    उनको कम्पनी सेवा हाइड्रोले सिन्धुपाल्चोक बलेफीमा १ं.५ मेगावाटको तल्लो सेलाङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । त्यस्तै सुस्मित इनर्जी प्रालिले म्याग्दीमा २५ मेगावाटको कुनबाङ जलविद्युत आयोजना निर्माण गर्दै छ ।
    म्याग्दी खोला हाइड्रोपावर कम्पनीले म्याग्दीमा ५७ मेगावाटको म्याग्दी खोला र १० मेगावाटको म्याग्दी खोला ‘बी’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा रहेको कम्पनी हो ।

    त्यस्तै गरी संस्थापक लगानी कर्ता रहेको नेपाल विद्युत प्राधिकरणका २ जना कर्मचारी समेत सर्वसाधारण समूहबाट समेत चुनावी मैदानमा छन् । विश्वनाथ शर्मा र लोकेन्द्र बहादुर साउद प्राधिकरणबाट रहेका छन् । तामाकोसी कम्पनीमा प्राधिकरणका कार्यकारी निर्देशक अध्यक्ष हुने र अर्का २ सञ्चालक समेत छन् । प्राधिकरणकै पूर्व कर्मचारी गोसाइ केसी पनि आफूलाई प्राधिकरणले नै पठाएको भन्दै उम्मेद्वार बनेकी छिन् ।

    माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा ऋण लागनी गर्ने कम्पनीका कर्मचारीहरु समेत सञ्चालकमा छन् । कर्मचारी संचय कोषबाट डेढ वर्ष अघि अवकाश प्राप्त माधवप्रसाद कोइराला पनि चुनावी मैदानमा छन् । तर कर्मचारी सञ्चयक कोषको नियमावली अनुसार अवकाश भएको २ वर्षसम्म कुनै सार्वजनितक पदमा नियुक्ति लिन नपाउने व्यवस्था भएको कोष निकट स्रोतले जनायो । अर्का उम्मेद्वार हरिप्रसाद भुर्तेल पनि कोषकै पूर्व कर्मचारी हुन् ।

    नागरिक लगानी कोषका बहालवाला कर्मचारी अशोक बुढाथोकी पनि चुनावी दौडमा छन् । सञ्चय कोष र नागरिक लगानी कोष दुवै आयोजनाका ऋण लगानीकर्ता हुन् । कोषबाट संस्थागत प्रतिनिधित्व पनि सञ्चालक समितिमा रहेको छ । सर्वसाधारण समूहका तर्फबाट ४ जना निर्वाचित हुने कम्पनी सचिव रामसुन्दर श्रेष्ठले बताए ।

    विद्यमान कानुन विपरित भएको उम्मेद्वारी विरुद्ध बुधबार दिउँसो १० बजेदेखि १२ बजेसम्म तोकिएको थियो । तर निर्धारित समयभित्र उजुरी गर्न पुग्दा निर्वाचन अधिकृतको कार्यालयले उजुरी नै लिन नमानेको एक सेयरधनीले गुनासो गरे ।

    उम्मेद्धारहरु

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology