शुक्रबार, साउन ३, २०७६

छापामार शैलीमा भन्सारदेखि राष्ट्रपति कार्यालयका कर्मचारीलाई ५० प्रतिशत प्रोत्सान भत्ता !

  • प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६



  • काठमाडौं । सरकारले मन्त्रीपरिषदका महत्वपूर्ण निर्णय लुकाउने गरेको तथ्य फेला परेको छ । मन्त्रीपरिषदबाट गरिएका कतिपय निर्णयहरु छापामार शैलीमा लागू भएका छन् तर ति निर्णयको अभिलेख प्रधानमन्त्री र सञ्चार मन्त्रालयको अभिलेखमा भेटिदैनन् ।

    मन्त्रीपरिषदले गरेका निर्णयहरु मुख्यसचिवले प्रमाणित गरेपछि लागु हुने गर्दछन् । मन्त्रीपरिषदले गरेका निर्णयहरु प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र सञ्चार तथा सुचना मन्त्रालयको बेभसाइडमा राख्ने चलन छ । तर वर्तमान सरकारले गरेका कतिपय निर्णय बेभसाइडमा नराखी कार्यान्वयनमा ल्याइएको छ ।

    २१ माघमा मन्त्रीपरिषदले झण्डै आधा दर्जन निर्णय गरेको थियो । जसमा भन्सारदेखि राष्टपति कार्यालयमा कार्यरत कर्मचारीलाई ५० प्रतिशत प्रोत्सान भत्ता दिने निर्णय पनि थियो । कर्मचारीलाई प्रोत्सान दिने निर्णय भने सरकारले गोप्य राखेको छ । निर्णय गोप्य राखेरै भन्सारदेखि राष्टपति कार्यालयका कर्मचारीले प्रोत्सान वापत ५० प्रतिशत भत्ता लिइरहेका छन् ।

    मन्त्रीपरिषदका निर्णयहरु एक सातापछि सञ्चारमन्त्रीले पत्रकार सम्मेलनबाट सार्वजनिक गर्दै आएका छन् । तर २१ माघको प्रोत्सान भत्ता दिने निर्णय उनले सार्वजनिक गरेनन् । सरकारले कतिपय आफुलाई अनुकुल र नागरिकबाट विरोध आउने निर्णयहरु गोप्य राख्ने गरेको तथ्य फेला परेको छ । प्रोत्सान भत्तामा मात्र अर्बभन्दा बढी रकम राज्यकोषमा दूरुपयोग भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology