शुक्रबार, साउन ३, २०७६

लोकसेवामा ३ लाख ८७ हजारको आवेदन, तोकिएकै समयमा परिक्षा लिने तयारी

  • प्रकाशित मिति : बुधबार, असार ११, २०७६



  • काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन विवादित बने पनि आवेदन दिनेहरु सँख्यमा भने कमि आएको छैन् । अझ दिनप्रति दिा बढिरहेका छन् ।

    आयोगले गत जेठ १५ गते स्थानीय तहका लागि खुलाइएको विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन स्थगित गर्न निर्देशन दिएको छ । विज्ञापनलाई लिएर सर्वोच्च अदालतमा रिट पनि परेको छ । सर्वोच्चमा परेका रिटमाथिको सुनुवाई पनि जारी नै रहेको छ । तर, विज्ञापन खुलेको बुधबार २८ दिनमा तीन लाख ८७ हजार एक सय ७९ जनाले आवेदन भरिसकेका छन् । आवेदन दिने समय अझै एक सातासम्म भएकोले यो संख्या अझै बढन सक्ने आयोगले जनाएको छ ।

    आयोगका अनुसार आवेदन दिनेमध्ये खुलामा ३ लाख ८२ हजार दुई सय ४४, महिलातर्फ ९३ हजार दुई सय २७ जना, आदिवासी जनजातितर्फ ३९ हजार ५ सय २७ जना, मधेशीतर्फ २२ हजार पाँच सय ८३, दलिततर्फ २ हजार ८ सय १७, अपांगतर्फ १३७ र पिछडिएका क्षेत्रतर्फ १०७ जनाको आवेदन परेको छ । बुधबार मात्रै दिउँसो ४ बजेसम्म ८ हजार दुई सय ८९ जनाले आवेदन दिएको आयोगले जनाएको छ ।

    ‘यो संख्या बुधबार दिउँसो ४ बजेसम्मकाे तथ्याङ्क हो । अनलाइन आवेदन दिनेको संख्या बढिरहेको छ,’ आयोगका प्रवक्ता एवम् सहसचिव किरणराज शर्माले एस काठमाडौँसँग भने,‘ सर्वोच्च अदालतले विज्ञापन रोक्न वा फेरबदल गर्न आदेश दिएको खण्डमा बहेक आयोगले विज्ञापन रोक्दैन ।  तोकिएकै समयमा परिक्षा हुन्छ । हामीले अहिले युद्ध स्तरमा काम गरिहेका छौ ।’

    स्थानीय तहमा रिक्त रहेका पदका लागी आयोगले नौ हजार एक सय ६१ पदमा गत जेठ १५ गते विज्ञापन खुलाएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology