शुक्रबार, साउन ३, २०७६

विश्वकम क्रिकेट २०१९: तीब्र गतिका बलर मिचेलकाे सर्वाधिक विकेट

  • प्रकाशित मिति : बुधबार, असार ११, २०७६



  • काठमाडौं । अष्ट्रलिया देब्रे हाते तीब्र गतिका बलर मिचेल स्टार्टकले आइसीसी विश्वकप क्रिकेट २०१९ मा उत्कृष्ट प्रदर्शनलाई कायम राखेका छन्। मंगलबार घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्दा स्टार्क र जासोन बेहरोनडपले उत्कृष्ट बलिङ गरेका थिए ।

    स्टार्क इंग्ल्याण्ड र वेल्समा भइरहको १२औं संस्करणको विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अगाडि रहेका छन्। उनले ७ खेलबाट १९ विकेट लिइसकेका छन्। स्टार्कले एक पटक ५ र दुई पटक ४ विकेट लिएका छन्।

    चार वर्षअई घरेलु मैदानमा भएको विश्वकपमा अष्ट्रलियालाई च्याम्पियन बनाउँदा उनले २२ विकेट लिएका थिए। न्यूजिल्याण्डका ट्रेन्ट बोल्टसमान विकेट लिएका स्टार्क म्यान अफ दि टुर्नामेन्ट घोषित भएका थिए। यस विश्वकपमा पनि स्टार्कले उत्कृष्ट लयलाई कायम राख्दै विपक्षीको विकेट झारिरहेका छन्।

    स्टार्कलाई अब आफ्नै देशका लेजेण्ड ग्लेन म्याग्राले बनाएको कीर्तिमान भंग गर्न सक्ने बलरको रुपमा हेरिएको छ। म्याग्राले सन् २००७ को विश्वकपमा २६ विकेट लिएका थिए। उक्त विश्वकपमा उनले ११ खेल खेले। यस पटक पनि विश्वकपको फर्याटकोका कारण एउटा खेलाडीले लिग चरणमै ९ खेल खेल्न पाउनेछन् र सेमिफाइनल फाइनल पुग्मा ११ खेल नै खेल्न पाउँछन्। अष्ट्रेलिया सेमिफाइनल पुगिसकेकोले स्टार्कले अझै खेल्न पाउनेछन्।

    म्याग्राको कीर्तिमानलाई छुन स्टार्क अब ७ विकेटले मात्र टाढा छन्। त्यसअघि उनले चार वर्षकअघिको आफ्नै कीर्तिमान बराबर गर्नुपर्नेछ। यस्तै अष्ट्रेलियाकै शन टैटले २००७ मै २३ विकेट लिएका थिए। श्रीलंकाका मुथैया मुरलीधरन र चामिन्दा भासले पनि एकै विश्वकपमा २३ विकेट लिएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology