शुक्रबार, साउन ३, २०७६

‘गलबन्दी’ विवाद: शम्भु राई र प्रकाश सपुतबीच ४ बुँदे सहमति, गीतमा शम्भुको नाम जोडिने

  • प्रकाशित मिति : बुधबार, असार ११, २०७६



  • काठमाडौं । ‘गलबन्दी’ गीतको विवाद अन्तत ४ बुदे सहमति गरेर टुंगिएको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल ४ बदे सहमति गर्दै टुंगिएको हो ।

    गीतको विवादबारे बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा राई र सपुतवीच ४ बुँदे सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

    गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ ।

    छलपलमा शम्भु राईको ‘देउसी भैलो’ गीतमा रहेको ‘आऊ नाचौ साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताऊँ हाँसेर’, लयमा प्रकाश सपुतको गलबन्दी बोलको गीतको ‘गलबन्धी÷पछ्यौरी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’, भन्ने अंशका लय मिल्न गएको निचोड निकालिएको छ ।

    हेर्नुस् यस्तो छ सहमति:

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology