शुक्रबार, साउन ३, २०७६

कर्मचारी भर्नाको विरोध गर्दै आएको प्रदेश २ सरकारद्वारा लोकसेवा तयारी कक्षा सञ्चालन

  • प्रकाशित मिति : बुधबार, असार ११, २०७६



  • जनकपुरधाम । लोकसेवा आयोगले स्थानीय तहका लागी रिक्त पदमा विज्ञापन गरेसँगै विरोधमा उत्रिएको प्रदेश २ सरकार अन्तत आफैले लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । आयोगले विज्ञापन गरेसँगै कर्मचारी भर्ना प्रक्रिया नरोकेसम्म लोकसेवा आयोगविरुद्ध मुद्दा हाल्नेसम्मको धम्कि दिएका मुख्यमन्त्री लालबाबु राउतले अन्तत लोकसेवा तयारी कक्षा सञ्चालन कार्यक्रमको उद्घाटन गरेका हुन् ।

    प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको राजर्षि जनक क्याम्पसमा लोक सेवा तयार कक्षाको शुभारम्भ गर्दै प्रदेश सरकारले सरकारी सेवामा महिलाको पहुँचलाई सुनिश्चित गर्न लोक सेवाको तयारी कक्षा सञ्चालन गरेको बताए ।

    प्रदेश सरकारले सामाजिक रूपान्तरणलाई पहिलो प्राथमिकतामा राखेको तथा सरकारले महिलाहरूको सशक्तीकरणका लागि बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माणजस्ता कार्यक्रम अघि सारेको बताए ।

    “सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा पहुँच बढाउन प्रदेश प्रहरी र निजामती सेवामा ५० प्रतिशत आरक्षण गर्ने नीतिसमेत अवलम्बन गरेको छ”, उनले भने । प्रदेश सरकारले कौटिल्य इन्स्टिच्युटसँगको सहकार्यमा सो कक्षा सञ्चालन गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology