शुक्रबार, साउन ३, २०७६

मन्त्रिमण्डल पूनर्गठन हल्लामात्रै, सरकारको काम देखेर कांग्रेस डरायो- मन्त्री महासेठ

  • प्रकाशित मिति : बुधबार, असार ११, २०७६



  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने दाबी गरेका छन् ।

    बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मन्त्रिमण्डल पुनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको बताए । उनले भने,‘मन्त्रिमण्डल पुनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखिनै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाईएको अफवाह हो ।’

    उनले तत्काल मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना नभएको स्पष्ट पारे । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्काल मन्त्रिमण्डल हेरफेर हुन्छ भन्ने आशयले नबोलेको उनको दाबी छ । उनले भने,‘मन्त्रिमण्डल पुनगर्ठन भएपनि अध्यक्षद्धयको सल्लाहमै हुन्छ । हुन सक्दैन भनेर भन्न सकिँदैन । यो पार्टीले गर्ने निर्णय हो । तर, तत्काल मैले यो सम्भावना देखेको छैन ।’

    सरकार गठन भएको १७ महिना व्यतित भएको र यो अवधिमा सरकार कुनैपनि मोर्चामा असफल नभएको पनि उनले दाबी गरे । बरु, सरकारको काम देखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस डराएको उनको आरोप छ ।

    उनले विकास निर्माण, समृद्धि र राजनीतिक कुनै पनि मोर्चामा सरकार असफल नभएको बताएका हुन् । सरकारले केही पनि काम गर्न सकेन भनेर आलोचना भएकोप्रति उनले गुनासो पोखे ।

    उनले भने,‘सरकारले जनताको चाहनाअनुरुप काम गर्न सकेन भनेर आलोचना गरिएको पनि सुनिएको छ, तर यथार्थमा त्यस्तो होईन । सरकारको पहिलो वर्ष आधार वर्षको रुपमा लिएका छौं । विकास र समृद्धि भनेको कुरा एकै वर्षमा अर्थात् रातारात हुने कुरा होईन । अब बजेट कार्यान्वयनसँगै धमाधम विकासका काम अघि बढ्छन् ।’

    मन्त्री महासेठले सरकारले एक वर्षमा ईतिहासमै कसैले गर्न नसकेको काम गरेर ‘रेकडर्’ नै कायम गरेको पनि दाबी गरे । उनले भने,‘सडक, रेल, पुल–पुलेसा हामीले धेरै बनाएका छौं । नयाँ–नयाँ सडक बनाउनेदेखि ट्रयाक खोल्नेसम्मका धेरै काम गरेका छौं । यसमा पनि हामीले रेकर्ड नै कायम गरेको छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology