शुक्रबार, साउन ३, २०७६

लिखुतामाकोशी गाउँपालिकाले ल्यायाे ४८ करोडकाे बजेट

  • प्रकाशित मिति : बुधबार, असार ११, २०७६



  • रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिकाले २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रमको प्रमुख अथिति रहेका नेकपाका नेता तथा सभासद लक्ष्मी गुरुङले उक्त नीति तथा कार्यक्रमको लागि भएको गाउँसभाको उद्घाटन गरेका थिए । बुधबार बसेको पाचौं गाउँसभामा पालिकाका उपप्रमुख दिपशीखा दाहादले ४८ करोड, ११ लाख, ४६ हजार, ३३६ रुपैयाको बजेट सावैजनिक गरेको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अथिति गुरुङले केन्द्रीय सरकारले तय गरेको आत्मनिर्भर अर्थतन्त्रलाई पछ्याउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्थानीय श्रोतसाधनको परिचानल र प्रवर्धनमा जोड दिनुपर्ने बताए । त्यसैगरी केन्द्र सरकार र प्रदेश सरकारले विनियोजन गरेर पठाएको बजेट र पालिकाले आर्जन गरेको बजेटको प्रभावकारी रुपमा कार्यान्वयन गरेर जानुपर्नेमा उनको जोड थियो ।

    संविधाले मौलिक हकको रुपमा व्यस्था गरेको गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्यलाई बजेटले जोड दिएर कार्यक्रमहरु बनाउनु आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘सडकको स्तर उन्नतिमा पालिकाले दिगो योजना बनाएर काम गर्नुपर्छ । जनताका स्वास्थ्य, शिक्षा र रोजगारीका सम्बन्धमा विशेष कार्यक्रम बनाउन जरुरी छ । लिखुगाउँपालिकालाई आफ्नै स्वत्वमा नमुना पालिका बनाउन मेराे सधै साथ रहनेछ साथै अग्रिम शुभकामना छ ।’ त्यसका लागि स्थानीय स्रोत र साधनको उचित परिचालन गर्ने र भएको बजेटको सहि सदुपयोग गर्नेमा जोड दिन पालिकाका जनप्रतिनिधिहरुलाई उनकाे सुझाव थियाे ।

    लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले आफु पालिको विकास र जनताको हितमा काम गर्न सधै तत्पर रहेको बताए । उनले भने, म पालिकाको प्रमुख भएपछि सबै गाउँमा सडक पुगेको छ । लामा समयदेखि बिजुलिको समस्या थियोे । अहिले उजेलो पालिका पहिचान बनेको छ । जनताको दुखसुखमा पालिका सरकारले सक्दो हातेमालो गर्दै आएको छ । आगामी दिनमा जनताको हितमा र विकास निर्माणको काममा पालिका पुरै शक्तिका साथ लाग्ने उनको भनाइ थियो ।

    ‘म निर्वाचित भएदेखि नै जनताको हरेक दुखसुखमा साथ रहेर काम गरिरहेको छु । आगामी दिनमा पनि जनताको साथमा रहेर काम गर्ने नै छु । विगतमा भएको कमी कमजोरीलाई सच्याउँदै सिंगो पालिकाको चौतर्फि विकास निर्माणको काम म चौविसै घण्टा लागिरहने छु ।’ अध्यक्ष खड्काकाे भनाई थियाे ।

    कार्यक्रमा जिलाका अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology