शुक्रबार, साउन ३, २०७६

बरिष्ठ नेता नेपालले जब मन्त्री र ठेकेदारको सातो लिए…

  • प्रकाशित मिति : बिहिबार, असार १२, २०७६



  • काठमाडौँ । नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधवार निकै आक्रोसित थिए । उनको आक्रोसपछि मन्त्री र ठेकेदारको मुहार कालोमोसो दलियझै कालो बनेको थियो । वरिष्ठ नेता नेपाल आक्रोसित हुनुको कारण हो चाबहिल–जोरपाटी–साँखु सडक निर्माण । सोमबार शंखरापुर नगरपालिकाको नगरसभामा भाग लिन साँखु पुगेका वरिष्ठ नेता नेपाललाई स्थानीय बासिन्दाले बाटो छेक्दै नाराबाजी गरेका थिए ।

    केही महिना पहिले नेपाल आफै चावहिल चारेपाटी सडक निर्माणको अवलोकणमा पुगेका थिए । उनले एक महिनााभित्र काम सक्न विभागीय मन्त्री र ठेकेदारलाई निर्देशन दिएका थिए । ठेकेदारले सडक निर्माणमा लापरर्वाही गरेपछि नेपाल बुधवार आक्रोसित बनेका हुन् ।

    एक हप्ताभित्र देखिने गरी काम गर्न नेता नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र ठेकेदार कम्पनीलाई कठारुपमा निर्देशन दिएका छन् । गत वर्ष नै निर्माण सकिनु पर्ने चाबहिल–जोरपाटी–साँखु १३ किलोमिटर सडक यस वर्ष पनि हिलो र धुलोले आक्रान्त बनेका स्थानीयले आन्दोलन थालेपछि बुधबार मन्त्री महासेठले अब पनि बहानाबाजी नचल्ने भन्दै निर्माण व्यवसायीलाई तुरुन्त देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।

    नेता नेपालले भौतिक पूर्वाधारमन्त्री महासेठ, सांसद सरिता न्यौपाने, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, कागेश्वरी मनहारा र शंखरापुर नगरपालिकाका मेयर र उपमेयरसहित जनप्रतिनिधिहरु, निर्माण व्यवसायी तथा स्थानीय बासिन्दालाई राखेर बुधवार छलफल गरेका थिए । काठमाडौँ–२ बाट निर्वाचित सांसद एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सक्रियतामा नलिङ रिसोर्टमा बुधबार भएको छलफलमा नेपाल र मन्त्री महासेठले स्थानीय जनप्रतिनिधिसँग समन्वन गरेर तत्काल सडक पिच गर्न निर्माण व्यवसायीलाई कडा निर्देशन हुन्।

    घटनापछि गम्भीर बनेका नेता नेपालले चाबहिल साँखु सडकका कारण आफूसमेत बद्नाम हुने अवस्था आएको भन्दै निर्माण व्यवसायीमाथि खनिए । उनले भने, ‘यो सडक समयमै पूरा गर्नुहोस् भनेर कतिपटक भन्ने ? तपाईहरुसँग बनाउने क्षमता छैन भने किन ठेक्का लिएको ? तुरुन्त छोड्नुहोस् । तपाईंहरुका कारण हामीसमेत बद्नाम हुने अवस्था आयो ।’

    चावहिलदेखि साँखुसम्मको १३ किमि सडक पाँच खण्डमा विभाजन गरेर सडक विभागले युनाइटेड बिल्डर्स, बज्रगुरु, च्याङमिला, खानीजेभी र बिरुवाजेभीलाई दुई वर्षभित्र पूरा गर्ने गरी २०७२ असोजमा ठेक्का सम्झौता गरेको थियो । दुईपटक थपिएको समयमा समेत सडकको लगभग ५० प्रतिशत मात्र काम भएको छ ।

    युनाइटेड बिल्डर्सका प्रमु्ख शकुन्तालालाल हिराचनलगायतका निर्माण व्यवसायीले अदालतको आदेश, स्थानीयको अवरोध, वर्षाका कारण समयमा काम गर्न नसकेको जिकिर गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology